3 years ago
August 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले अन्तर्राष्ट्रिय बक्सिङ दिवस (अगष्ट २७) मनाउने भएको छ । संघको साउन २५ गते बसेको बैठकको निर्णय अनुसार संघसँग आबद्ध जिल्ला संघ, खेलाडी, प्रशिक्षकलाई बक्सिङ दिवस मनाउन भनेको जानकारी गराएको छ । दिवस मनाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि संघले अनुसरोध गरेको छ ।
बक्सिङको सर्वोच्च निकाय अन्तराष्ट्रिय बक्सिङ संघ (आईबा) ले सन् १९७४ माक्यूवाको हवानामा भएको प्रथम आईबा वल्र्ड च्याम्पियनसिपको मिति अगष्ट २७ लाई आधार मानेर बक्सिङ दिवस मनाउँदै आएको छ । आईबाको आव्हान अनुसार बक्सिङ संघले सरकारको स्वास्थ्य मापदण्डको पालना गर्दै विविध कार्यक्रम आयोजना गर्ने हरुको आयोजना गरिने संघका प्रवक्ता श्यामकाजी अवालेले आइतबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
संघ मातहतका खेलाडी, प्रशिक्षकहरु, जिल्ला संघहरुले आ–आप्mनै तरिकाले कार्यक्रम सञ्चालन गरी बक्सिङ खेलको विकास र प्रवद्र्धन एवं बक्सिङ खेललाई हरेक सहर, गाँउ, समुदाय र टोलमा पु¥याउने उद्देश्यले बक्सिङ्ग डे मनाउन अनुरोध गरिएको छ ।
बक्सिङ्ग डे मनाउनका लागि सबै खेलाडी, प्रशिक्षक एवं संघका पदाधिकारीहरुले यो साता भरी कुनै दिन २० देखि ४० सेकेण्ड सम्मको बक्सिङ को भिडियो खिचेर उक्त भिडियो सकिन लाग्दा क्यामेराको नजिक आएर आफ्नो अनुहार प्रष्ट देखाई वी आर फेस अफ बक्सिङ भन्दै आईबाको इन्स्टाग्राम एकाउन्टमा ट्याग गरि सहभागी हुन समेत संघले अनुरोध गरेको छ । उत्कृष्ट बक्सिङ भिडियोलाई २० जोर बक्सिङ ग्लोभ्स उपहार स्वरुप प्रदान गरिने पनि संघले जनाएको छ ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]