4 years ago
August 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले प्रधानमन्त्री शेर बहादुर देउवालाई शुक्रबार कर्मचारीका हकहितसँग जोडिएका विषय समेट्दै ५ बुँदे समेटर ज्ञापन पत्र बुझाएको छ ।
बालुवाटरस्थित प्रधानमन्त्री निवासमा कर्मचारी संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधी मण्डलले राखेप र खेल क्षेत्रमा रहेका बिकृती र विसंगतीका विषयमा पनि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको छ । त्यस्तै राखेप कर्मचारीका हकहितका बिषयलाई समेटेर परिषदका संरक्षक समेत रहेका प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको संघले जनाएको छ ।
लामो समय देखि बढुवा नभएको, करार ब्यवस्थापन गर्नु पर्ने, स्थाई प्रकृया थाल्नु पर्ने, कर्मचारीहरुलाई प्रदेशमा समायोजन नगरी काजमा खटाईएकोमा समायोजन गर्नु पर्ने, उपदान रकम १५ प्रतिशत कट्टा गरिएकोमा निजामती कर्मचारी सरहनै ५ प्रतिशत मात्रै कट्टा गर्नु पर्ने र निजामती कर्मचारी सरहनै सेवा तथा सुविधा प्राप्त गराउनुपर्ने विषयलाई संघले ज्ञापन पत्रमार्फत माग गरेको छ । संघले आफ्ना मागहरु सम्बोधन गरि छिटो कार्यान्वयनमा ल्याउन पहल गर्नका लागि पनि प्रधानमन्त्री समक्ष आग्रह गरेको छ ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]