4 years ago
August 6, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक कम्पनी केल्मीले नेपाल गल्फ संघलाई प्रायोजन गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताका क्रममा खेलाडीले केल्मीको उत्पादन सामाग्री प्रायोग गर्ने सम्झौता भएको बताइएको छ ।
नेपालका लागि केल्मीको आधिरिक विक्रेता कामरु ट्रेडिङ प्रा.लिका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र गल्फ संघका अध्यक्ष टासी घलेले शुक्रबार सम्झौतामा हस्ताक्षर गरेका थिए । केल्मीले नेपाली राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई प्रायोजन गरेको छ ।
त्यस्तै नेपाल ओलम्पिक कमिटी र पारा ओलम्पिक कमिटीसँग पनि हालै मात्र केल्मीले प्रायोजना सम्झौता गरेको थियो । भविष्यमा अन्य खेललाई पनि केल्मीले प्रायोजन गर्ने लक्ष्य लिएको छ कामरुको निर्देशक उत्तम न्यौपानेले बताए । केल्मीको देशभर १३ वटा आउटलेट सञ्चालनमा छन् ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ललितपुरले बुधवार बनेपा वडा नं ९ लाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो। बुढानिलकण्ठ भलिबल क्लब, टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र प्रोफेसनल कन्सल्टेन्सी पनि सेमिफाइनलमा पुगेका छन्। बनेपाको […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्। आज भएको उद्घघाटन खेलमा डिफेन्डिङ च्याम्पियन गोर्खलीले गत वर्षको उपविजेता एपिएफलाई प्रतिस्पर्धात्मक खेलमा १४-१२ स्कोरले पराजित गर्यो। त्यसैगरी दोस्रो खेलमा आर्मीले एकपक्षिय खेलमा नेपाल पुलिस क्लबलाई ४९–३ को फराकिलो स्कोरले हरायो ।नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]