4 years ago
August 2, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकामा भएको डिजी एसिया तेक्वान्दो ओपन पुम्से च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले स्वर्ण पदक जितेका छन् ।
पुम्से पुरुष ४० वर्ष मुनी सञ्जिब नेपाली, महिला ३० वर्ष मुनीमा सन्दीपा अमगाई र पुरुष ५० वर्ष मुनीमा प्रेमकुमार दर्नालले स्वर्ण जितेका हुन् । डिजे तेक्वान्दो फिलिपिन्स र ओएनजी तेक्वान्दो अमेरिकाको आयोजनामा शुक्रबार सुरु भई आइतबार सम्पन्न भएको प्रतियोगितामा नेपालसहित अमेरिका, फिलिपिन्स, इन्डोनेसिया, अष्ट्रेलिया, सिंगापुर र स्लोभेनियाका खेलाडीको सहभागिता रहेको जनाइएको छ ।
सञ्जिवले ५.४३३ अंकका साथ आफ्नो उमेर समूहमा स्वर्ण पदक जितेका थिए । उनले अमेरिकाका क्लेभे कोलाडोलाई पराजित गरेका थिए । त्यस्तै सन्दीपाले ५.४०० स्कोर गरेकी थिइन् । उनले अमेरिकाकी सानोन मासडेनलाई हराएकी थिइन् । ५.०६७ अंकका साथ प्रेम आफ्नो उमेर समूहको च्याम्पियन बनेका थिए । उनले अमेरिकाका टिम ओमेरालाई पराजित गरेका थिए ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]