4 years ago
August 2, 2021
सम्पादकीय
हरेक यात्राको सुरुवात पहिलो पाइलाबाट हुन्छ । यात्रा सुरु गर्दा उत्साह, कौतुहलता र चुनौती पनि त्यतिकै हुने गर्छ । सबैले हिँडेको बाटो हिड्नु र नयाँ गोरेटो बनाउनुमा अन्तर हुन्छ । हाम्रो खेलकुद डटकम त्यस्तै एउटा गोरेटोको सुरुवात थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका समाचार, लेख र विचार प्रस्तुत गर्ने उद्देश्यका साथ हामीले हाम्रो खेलकुदलाई पाठक माझ ल्याएको पनि छ वर्ष पूरा भएर आजबाट सातौं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौं । फर्केर हेर्दा यो यात्राका एक एक दिन हाम्रा लागि प्रयोगात्मक र रोमाञ्चक थिए ।
देशको पत्रकारिताको इतिहास लामो भइसकेको छ । तर अनलाइन पत्रकारिता र त्यसमा पनि बिटगत अनलाइन पत्रकारिताको अभ्यास सुरु भएको धेरै भएको छैन । त्यस्तोमा व्यावसायिक खेल पत्रकारिताका माध्यमबाट देशको खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यका साथ यात्रा सुरु गर्नु पनि त्यतिकै जोखिमयुक्त थियो । सम्भावनाका बीचबाट सुरु गरिएको यात्रा यहाँ सम्म आइपुग्दा थुप्रै तितामिठा अनुभव संगालेका छौं । ती हाम्रा सम्पत्ति हुन् ।
सुदीप मिडिया एण्ड इभेन्ट्स प्रालीले सुरुवात गरेको हाम्रो खेलकुदलाई सुरुवातदेखि विश्वास गर्नुहुने पाठकप्रति हामी सदैव ऋणी छौं । तपाईहरुको विश्वास, साथ र हौसला विना यो यात्रा सम्भव थिएन । हाम्रो प्रयासमा साथ दिनुहुने सम्पूर्ण विज्ञापनदाता प्रति आभारी छौं । व्यावसायिक पत्रकारिताका लागि विज्ञापन पनि त्यत्तिकै महत्वपूर्ण पाटो हो ।
पत्रकारितामा हरेक दिन सञ्चारमाध्यमको पनि परीक्षा हुन्छ । असमान्य अवस्थामा सञ्चारमाध्यमको भूमिका झन बढी हुने हामीले अनुभव गरेका छौं । सुरुवातको केहि समय पाठकमा पुग्न र स्थापित हुनका लागि समय लाग्नु स्वभाविक थियो । खेलकुदमा रुची राख्ने अधिकांश पाठकका माझमा पुग्न हामीले अझै लामो यात्रा तय गर्नुपर्ने हुन सक्छ । हामी त्यसका लागि धैर्यतापूर्वक प्रयास जारी राख्नेछौं ।
तर, पछिल्लो झण्डै डेढ वर्षयता कोराना महामारीका कारण सबै क्षेत्रमा जस्तै पत्रकारितामा असर परेको छ । हामी पनि त्यसबाट अलग छैनौं । खेलकुदका अनलाइन खेलकुद गतिविधिमा नै बढी निर्भर हुने गर्दछ । कोरानाका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद गतिविधमा ठूलो असर पर्यो । जसको प्रभाव सञ्चारमाध्यममा स्वतः पर्यो ।
विस्तारै खेलकुद गतिवधि बढ्न थालेका छन् । कोराना महामारी पूर्ण रुपमा नियन्त्रण नभएपनि खेलकुद गतिवधि सुरु भएका छन् । यसले केहि सुखद संकेत मिलेको छ । तर, अझै ढुक्क हुने अवस्था छैन । समय सधै उस्तै पक्कै रहँदैन । आउने दिन खेलकुदका लागि पनि सुखद हुनेछन् भन्नेमा आशावादी हुनैपर्छ ।
देशमा फुटबल, क्रिकेट, भलिबल लगायतका खेल लोकप्रिय छन् । त्यस्ता खेलकुदका समाचारलगायत अन्य विषय हाम्रो प्राथमिकतामा पर्ने नै भए । त्यसबाहेक देशमा सक्रिय अन्य खेललाई पनि उत्तिकै महत्व दिनुपर्छ भन्ने अभिप्रायका साथ हाम्रो खेलकुद डटकमको सुरुवात गरिएको थियो ।
पत्रकारिता त्यसमा पनि खेलकुद पत्रकारितामा खेलकुद प्रतियोगिताको प्रत्यक्ष प्रसारण, भिडियो रिपोर्ट, फोटो पनि उत्तिकै महत्त्वपूर्ण हुँदै गएको छ । त्यसमा हाम्रो खेलकुदले पनि केहि प्रयास गरेको छ । दुई वर्षअघि एभिसी सेन्ट्रल जोन पुरुष भलिबल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने अवसर पाएको थियो । त्यसबाट नेपालीहरुमा भलिबलप्रतिको आकर्षण बुझ्न सहज भयो ।
गत वर्ष हामीलाई देशका केहि महत्त्वपूर्ण भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने अवसर मिल्यो । त्यसले पनि हामीलाई दर्शक माझ पुग्न सहज भयो । त्यसैको हौसलामा पछिल्ला दिनमा टेबल टेनिस, रिङ रेस्लिङ, किक बक्सिङ खेलमा पनि प्रत्यक्ष प्रसारण गर्दा त्यसमा पनि दर्शकहरुको रुची थाहा पाउन सक्यौं । आउने दिनमा अन्य खेलका प्रत्यक्ष प्रसारणका लागि पनि हामी प्रयास गर्ने नै छौं । ती प्रयास कत्तिका सार्थक हुन्छन् त्यो समयले बताउने नै छ ।
खेलकुद पत्रकारितामा हामीले एउटा इट्टा थप्ने प्रयास गरेका छौं । यसलाई पनि हामीले एउटा सुरुवातका रुपमा नै लिएका छौं । देशको खेलकुद विकास, व्यवसायिक खेलकुदको स्थापनाका लागि हामीले आफ्नो माध्यमबाट अझ धेरै गर्न बाँकी छ त्यसका लागि हामी निरन्तर प्रयासमा रहनेछौं । खेलकुद भित्रका बिसंगती र बेथितीविरुद्ध उजागरका लागि पनि हामी लागिरहनेछौं । देशको खेलकुदको प्रगतीमा नै हाम्रो प्रगती छ ।
जति नै कालो रात भएपनि भोली दिन हुन्छ नै । त्यस्तै जति नै कठीन दिन हामीले बेहोर्नुपरेपनि सहज दिन पनि पक्कै आउनेछन् । अन्तमा फेरि पनि हाम्रो यो यात्रामा निरन्तर साथ दिनुहुने सबैप्रति धन्यवाद दिदै आउने दिनका लागि पनि त्यस्तै साथको अपेक्षा गर्दछौं । जस्तोसुकै अवस्थामा पनि हामी आफ्नो व्यावसायिक धर्मबाट कहिल्यै विचलित नहुने प्रण गर्दछौं ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]