4 years ago
August 1, 2021
एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को आठौं दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ ।
शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो ।
चीनले शनिबारसम्म २१ स्वर्ण, १३ रजत र १२ कास्य गरी कुल ४६ पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको आयोजक जापान १७, स्वर्ण ५ रजत र ८ कास्यगरी कुल ३० पदकसहित दोस्रो स्थानमा रहेको छ । शनिबार दुई स्वर्ण जितेको अमेरिका १६ स्वर्ण, १७ रजत र १३ कास्यगरी कुल ४६ पदकसहित तेस्रो स्थानमा यथावत रहेको छ । रसियन खेलाडीको टोली (आरओसी) ११ स्वर्ण, १५ रजत र ११ कास्यसहित ३७ पदक जित्दै चौथो स्थानमा यथावत रहेको छ ।
१० स्वर्ण, ३ रजत र १४ कास्यगरी कुल २७ पदक हात पारेको अष्ट्रेलिया पाँचौ स्थानमा यथावत छ । इंग्ल्यान्ड ८ स्वर्ण, ९ रजत र ११ कास्यगरी कुल २८ पदक जितेर छैटौं स्थानमा रहेको छ । दक्षिण कोरियाले ५ स्वर्ण ४ रजत र ७ कास्यगरी कुल १६ पदक हात पार्दै सातौ स्थानमा रहेको छ ।
फ्रान्स ४ स्वर्ण, ९ रजत र ६ कास्यगरी १९ पदकसहित आठौं स्थानमा उक्लदा नेदरल्यान्ड्स ४ स्वर्ण, ७ रजत र ५ कास्यगरी १६ पदक जित्दै नवौं स्थानमा झरेको छ । न्युजिल्यान्ड ४ स्वर्ण, ३ रजत र ३ कास्यगरी १० पदकसहित शीर्ष १० मा अटाएका छन् ।
जर्मनी क्यानडा, चेक रिपब्लिक र क्रोएसियाले समान ३ स्वर्ण जित्दै शीर्ष १४ मा अटाएका छन् । दोहोरो स्वर्ण जित्न सफल इटाली, स्वीट्जल्यान्ड, चाइनिज ताइपेइ, हंगेरी, स्लोभेनिया र कोसोभो शीर्ष २० मा अटाएका छन् ।
ब्राजिल, जर्जिया, रोमानिया, स्पेन, हङकङ, दक्षिण अफ्रिका, अष्ट्रिया, सर्विया, जमैका, नर्वे, पोल्यान्ड, स्लोभाकिया, स्वीडेन, ट्युनिसिया, टर्की, इस्टोनिया, फिजी, आयरल्यान्ड, उज्वेकिस्तान, बर्मुडा, बेलारुस, इक्वेडर, इथियोपिया, ग्रीस, इरान, लात्भिया, फिलिपिन्स, कतार र थाइल्यान्डले समान १–१ स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ४९ राष्ट्रले स्वर्ण जित्दा ७६ राष्ट्रले पदक जित्न सफल भएका छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]