default_image

4 years ago

July 23, 2021

खेलकुद पत्रकार मञ्च र महासंघको ध्यानाकर्षण

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा मेरोखेल डट कमका सम्पादक बिभु श्रेष्ठ र खेल पत्रकार बिभा थापामाथि समाचार संकलनको क्रममा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गरेको दुव्र्यवहारप्रति मञ्चले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार संकलनका लागि गएका पत्रकारमाथि गरिएको दुव्र्यवहारको व्यवहार निन्दनीय रहेको उल्लेख गर्दै मञ्चका महासचिव प्रज्वल ओलीद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, ‘मञ्च आफ्ना सदस्यप्रति गरिएको अभद्र व्यवहारको घोर भत्र्सना र निन्दा गर्दछ ।’

घटनालाई मञ्चले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामथिको प्रहारको रुपमा लिएको छ उल्लेख गर्दै अखिल नेपाल फुटबल संघसंग पनि यस विषयको छानविन गरि दोषी उपर कारबाही गर्न माग गरेको छ ।

नेपाल पत्रकार महासंघले पनि घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनएको छ । महासंघका महासचिव रोशन पुरीले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता कार्य नदोर्याउन सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउँदछ ।

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

Success

Thank you for your time.