4 years ago
July 20, 2021
अमेरिका (हाम्रो खेलकुद)– अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा नेपाली मूलका उत्सव सिंहले दुई स्वर्ण पदक जितेका छन् । अमेरिकी राज्य टेक्सासमा भएको प्रतियोगितामा सिंहले दुई छुट्टा छुट्टै विधामा स्वर्ण जितेका हुन् ।
अमेरिकी पत्रिकाको आयोजनामा भएको कार्यक्रममा उनले मिस्टर युएसए २०२१ नेचुरल प्रो क्वालिफाईएर कम्पिटिसन (प्राकृतिक प्रो योग्यता प्रतियोगिता) मा दुईवटा स्वर्ण पदक प्राप्त गरेका हुन् । उत्सवले पुरुषहरूको फिजिक क्याटोगोरी र नोभिस क्याटोगोरी (शारीरिक वर्ग र नवदीक्षित वर्ग) मा प्रथम स्थान हासिल गरेका हुन् । स्वर्ण पदक सहित प्रो कार्ड प्राप्त गरेसँगै उनी अब व्यवसायिक खेलाडीको रुपमा योग्य भएका छन् ।
टेक्सास राज्यको ड्यालसमा विगत ७ वर्षदेखि बसोबास गर्दै आएका उत्सावको पुर्ख्यौली घर बुटवल हो । ३४ वर्षिय उनले अगस्ट २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपिसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।
उत्सवले नेपालमा छँदा ७० केजी तौल समूहमा मिस्टर भक्तपुरमा तेश्रो स्थान प्राप्त गरेका थिए ।
नेपालमा शारीरिक सुगठनका अन्य खेल समेत उनले खेलेका छन् । भक्तपुरमा भएको अर्को प्रतिष्पर्धामा मिस्टर बडी बिल्डिङ अफ द ईयरमा दोश्रो र भैरहवामा भएको मिस्टर नेपालमा सहभागी हुँदा आफ्नो तौल समूहमा तेश्रो भएका थिए । उनले बुटवल श्री प्रतियोगितामा आफ्नो तौल समूह प्रतियोगितामा तेश्रो स्थान हासिल गरेका थिए ।
यसैबीच, खेल क्षेत्रको निम्ति प्रतिष्ठित पत्रिका मिस्टर हेल्थ एण्ड फिटनेश म्यागेजिनले सबैभन्दा बढी भोट आउने खेलाडीलाई म्यागेजिनमा फिचर्ड गर्ने भएपछि त्यसका निम्ति सिंह समेत प्रतिष्पर्धामा रहेका छन् ।अमेरिका, नेपाल देखि विश्वभरवाट अनलाइनमार्फत मत दिन सकिनेछ । अनलाइन भोटिङमा पनि उनले पहिलो चरण समेत पार गरिसकेका छन् ।
सबैभन्दा बढी मत पाउने खेलाडीले २० हजार अमेरिकी डलर सहित कभर पेजमा फिचर्ड हुने मौका पाउने म्यागेजिनले जनाएको छ । उत्सवका दाजु उज्ज्वल सिंहले निशुल्क रुपमा अनलाईन मार्फत मत दिन सकिने बताउँदैं सबैलाई मत दिनका निम्ति अपिल समेत गरेका छन् ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]