4 years ago
July 19, 2021
काठमाडौं (हाम्रो खेलकुद)– धाविका सरस्वती चौधरीको प्रशिक्षकका रुपमा टोकियो ओलम्पिक जाने तयारीमा रहेकी इन्द्राकुमारी मल्लको शनिबारको कोरोना रिपोर्ट पोजेटिभ आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार विज्ञप्तीमार्फत जानकारी दिएको थियो ।
सोही विज्ञप्तीमा मल्लको ठाँउमा पहिला नै प्रारम्भिक सूचीमा (लङ लिष्ट) रहेका सन्तोष श्रेष्ठलाई सरस्वतीको प्रशिक्षकका रुपमा पठाउने निर्णय भएको पनि उल्लेख गरिएको थियो । तर, मल्लले भने आफ्नो रिपोर्टमा शंका गर्ने ठाँउ रहेको बताएकी छिन् ।
‘कसैले नियतवश गर्यो वा कतै गल्ति भएको त्यो म भन्न सक्दिन । तर ममाथि अन्याय भएको महसुस गरेको छु,’ आफूलाई कोभिड पोजेटिभ भएको खबर सञ्चारमाध्यमबाट थाहा पाएपछि एनओसीले नै तोकेको स्टार हस्पिटलमा गएर आइतबार परिक्षण गराएको जनाउँदै मल्लले भनिन्, आजको मैले पाएको रिपोर्ट नेगेटिभ छ ।’
कोभिडका दुवै खोप पूरा गरेकै कारण आफूलाई नेपाल एथलेटिक्स संघले पोखराबाट बोलाएपछि काठमाडौं आएको जनाउँदै मल्लले भनिन्,‘ म त आफ्नो काम गरेर बसेको मान्छे । तपाईले दुवै खोप लिनुभएको कार्ड र पासपोर्ट लिएर काठमाडौं आउनुस भनेर खबर पाएपछि म आएकी हु । मेरो रहरले मात्र आएकी होइन ।’
टोकियो ओलम्पिकमा भाग लिन जापान पुगिसकेका एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले आफूले मल्लको रिपोर्ट पोजेटिभ आएको जानकारी पाएको बताए । उनले दुई वटा खोप अनिवार्य लगाएको र टोकियो आउनुअघि लगातार सात दिन कोरोनाको रिपोर्ट नेभेटिभ आएकाले मात्र भ्रमण गर्न मिल्ने ओलम्पिकको मापदण्ड रहेको प्रष्ट पारका छन् । ‘७ दिनमा एक दिनमात्र पोजेटिभ आएपनि त्यो भ्रमण गर्न मिल्दैन भन्ने प्रष्ट रुपमा उल्लेख गरिएको छ’, उनले थपे,‘त्यति मात्र होइन जापान आइसकेपछि यहाँ कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपनि त्यतिबाट फर्काइने भन्ने लेखिएको छ ।’
राजवैद्यले एनओसीले टोकियो ओलम्पिकमा सहभागिता हुने सबैलाई कोरोना प्रोटोकलका बारेमा स्पष्ट पारेको दाबी समेत गरे । ‘डाक्टरहरुले सबै सहभागिलाई दुई पटक सम्म कोरोना प्रोटोकलका बारेमा प्रष्ट पारेका छन्, उनले थपे,‘त्यसले यसमा केहि थाहा छैन भन्ने ठाँउ त रहन्न ।’
एथलेटिक्सको सहभागिताको विषयलाई लिएर सुरुबाट एनओसी विवादमा तानिएको छ । आन्तरिक छनोटबाट विजयी भएका गोपीचन्द्र पार्कीलाई अन्त्यमा सहभागी धेरै भएकोले सहभागी गराउन नसकिएको भन्दै एनओसी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एथलेटिक्स संघले संयुक्त विज्ञप्ती जारी गरेका थिए । तर, पछि एथलेटिक्सको अन्तर्राष्ट्रिय महासंघले दिएको समय सिमा गोपीको नाम दर्ता नै नगरिएको सार्वजनिक भएको थियो । गोपीले भाग लिन नपाउने भएपछि उनका प्रशिक्षक सन्तोष श्रेष्ठ स्वत टोकियो ओलम्पिकबाट बञ्चित भएका थिए ।
अहिले मल्लको कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः श्रेष्ठकै नाम सिफारिस भएको छ । मल्लले भने आफूलाई नपठाउनकै लागि कसैले नियत राखेको हो कि भन्ने आशंका गरेकी छिन् । ‘म जाने नजाने विषय अर्को हो । पहिला त मलाई कोरोना पोजेटिभ भएको हो भने जानकारी सम्म पनि नगराउने भन्ने हुन्छ र ,’ उनले भनिन् ।
ओलम्पिक कमिटीले दिएको रिपोर्टमा इन्द्राको उमेर ५३ वर्ष र लिंग पुरुष रहेको छ । त्यस्तै उनको ठेगाना पनि तनहुँ लेखिएको छ । स्टार अस्पतालले सिधै ओलम्पिक कमिटीमा परिक्षण गर्ने र व्यक्तिलाई नभएर रिपोर्टबारे सिधै ओलम्पिकलाई नै जानकारी दिँदै आएको छ ।
‘सञ्चारमाध्यममा आएपछि मैले नै कल गरेर सोधे । होटलमै बस्नु कतै नजानु भन्नुभयो । पछि फेरि परिक्षणको कुनै व्यवस्था भएन । खेलाडीलाई मात्र बोलाइएछ । अनि मलाई चित्त नबुझेर म आफै स्टार अस्पताल गएर परिक्षण गराएको हुँ । अन्त पनि परिक्षण गराए । सबैतिर नेगेटिभ आयो । फेरी मान्यता नहोला भनेर स्टार हस्पिटलनै गएको हुँ ।’
क्षेत्रीय खेलकुद विकास समितीमा उप निर्देशकका रुपमा कार्यरत मल्लका अनुसार गत वर्ष फागुनको १० गते कोभिसिल्डको पहिलो डोज र २०७८ वैशाख ८ गते कोभिसिल्डको दोस्रो डोज खोप लगाएकी थिइन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]