4 years ago
July 17, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दसौं दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता उसुकी झरना गुरुङ अहिले स्पेनमा बस्दै आएकी छिन् । उनी एनआरएनए म्याड्रिड स्पेनमा आबद्ध छिन् । उनी त्यो संस्थाको महिला संयोजक हुन् ।
एनआरएनए म्याड्रिड स्पेनले बाढी–पहिरोबाट विस्थापित भएका सिन्धुपाल्चोक हेलम्बुका स्थानीयलाई राहत सामाग्री वितरण गरिएको छ । गुरुङका अनुसार एनआरएनए म्याड्रिड स्पेनको पहलमा स्पेनमा संकलित रकमबाट हेलम्बुका ११ घरपरिवारलाई प्रतिघर ११ हजार रुपैयाँ बराबरका खाद्यान्न, लत्ताकपडा, सोलरबत्ती, त्रिपाल, स्वास्थ्य सामाग्री लगायतका सामाग्री वितरण गरिएको हो ।
बाढी–पहिरोका कारण हेलम्बु गाउँपालिका गाउँ विपत्तिमा परेको छ । हेलम्बुका ग्रामिण क्षेत्रमा बाढी–पहिरो पिडित परिवार समक्ष अहिले सम्म पनि राहत नपुगेको भन्ने जानकारी पाएपछि एनआरएनए म्याड्रिड स्पेनकोे टिमले संकलन गरि पठाएको रकमबाट राहत सामाग्री पठाएको गुरुङले बताइन् । राहत सामाग्री वितरण गर्न उसु खेलाडीहरु सिन्धुपाल्चोकको हेलम्बु नै पुगेका थिए ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]