default_image

4 years ago

July 17, 2021

राखेप उपाध्यक्ष कोइराला टोकियो ओलम्पिक नजाने

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला टोकियो ओलम्पिकमा सहभागी नहुने भएका छन् । टोकियो ओलम्पिक जानका केहि दिनको समय बाँकी रहँदा कोइरालाले प्रेस विज्ञप्ती गर्दै आफू नजाने जानकारी गराएका छन् ।

कोइरालाले असार ३१ गतेको मितिमा जारी विज्ञप्तीमा व्यक्तिगत कारणले आफू सहभागी हुन नसक्ने उल्लेख गरेका छन् । टोकियो ओलम्पिकमा भाग लिनका लागि शुक्रबार मात्रै १० सदस्यीय टोली त्यसतर्फ गएको थियो । आफू नजाँदा टोलीमा कुनै असर नपर्ने उल्लेख गर्दै कोइरालाले हाम्रो खेलकुदसँग भने, ‘को कसरी जाने भन्ने विषयमा हामी कहाँ प्रणाली छैन । यो समयमा म नभएर टोलीको सफलतामा असर पर्ने देखिन्न । सरकारी बजेटमा नजाउ भन्ने लाग्यो ।’

कुनै बैठक र छलफलबाट आफ्नो नाम सिफारिस नभएको जनाउँदै कोइरानाले विज्ञप्तीमार्फत नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठलाई धन्यवाद दिएका छन् । उनले आफूलाई टोकियो ओलम्पिकमा एथलेटिक्सको व्यवस्थापक बनाइएको भन्ने पनि जानकारी नभएको बताएका छन् ।

एनओसीले कोइराला र राखेपका पूर्व उपाध्यक्ष समेत रहेको एनओसीको सहायक महासचिव पिताम्बर तिम्सिनालाई एथलेटिक्सको व्यस्थापक बनाएको जानकारी दिएको थियो । ५ खेलाडी ४ प्रशिक्षकसहित २६ सदस्यीय टोली टोकियो ओलम्पिकमा सहभागि हुने भनिएपनि अब त्यसमा एक जना घटेका छन् ।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.