4 years ago
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोरोनाको दोस्रो लहरका कारण नेपाली राष्ट्रिय महिला भलिबल टोलीले फिलिपिन्समा अर्को महिना हुने एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिन नपाउने भएको नेपाल भलिबल संघले जनाएको छ ।
कोभिड १९ को नयाँ भेरियन्टको अति सम्वेदनशिल क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एसियन भलिबल महासंघ मार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको संघले जानकारी दिएको छ ।
च्याम्पियनसिप भदौ १३ देखि १८ सम्म आयोजना हुँदैछ ।
एक महिनादेखि रहेको नेपाली टोलीको बन्द प्रशिक्षण पनि स्थगित गरिएको संघद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।
एभिसीले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा ८ टोलीको मात्र सहभागिता रहने भएको छ । समूह ए मा आयोजक फिलिपिन्स, कजकास्तान, उज्बेकिस्तान र चाइनिज ताइपेइ छन् । समूह बी मा थाईल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् ।
सुरुवातमा १७ टोली सहभागी हुने भनेपनि ५ टोलीले नाम फिर्ता लिएपछि १२ टोलीको नाम पक्का भएको थियो । तर एभिसीले सार्वजनिक गरेको खेल तालिकामा नेपाल, भारत, हङकङ र जापानको नाम छैन ।
नेपालले अघिल्लो साता मात्र प्रारम्भिक टोलीमा ३० खेलाडीबाट ९ खेलाडीलाई बाहिर राख्दै संघले १८ सदस्यीय टोली घोषणा गरेको थियो । केहि साता प्रशिक्षण गरेपछि १२ सदस्यीय अन्तिम टोलीको घोषणा हुने तयारी थियो ।
च्याम्पियनसिपमा सहभागी हुनका लागि (प्रशिक्षणको सुरुवातदेखि) नै संघले करिव १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको थियो । यसका लागि संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) लगायत सहयोगी संस्थाहरुसँग आर्थिक सहयोग माग्दै आफै पनि च्याम्पियनसिपको लागि आर्थिक रकम जुटाउन लागेको थियो ।
एसियन च्याम्पियनसिपका लागि संघले गत चैतमा आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय समितिले ३० खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको थियो ।
बन्द प्रशिक्षणमा डाकिएका मध्ये पुलिसका तीन खेलाडी (पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ) आधारभुत तालिममा रहेको भन्दै नेपाल पुलिस क्लबले प्रशिक्षणमा सहभागी गराएन । टोलीलाई मुख्य प्रशिक्षक जगदिश भट्ट, प्रशिक्षक कुमार राई, भरत यादवसँगै अन्जु श्रेष्ठले प्रशिक्षण दिइरहेका थिए । टोलीमा उज्ज्वल डोटेल फिजियोको भूमिकामा थिए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]