default_image

4 years ago

July 13, 2021

राखेप बोर्ड बैठक स्थगित

112 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबारका लागि बोर्ड बैठक स्थगित भएको छ । तत्कालिन युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठले बुधबारका लागि बैठक डोकपनि उनी सो पदमा नरहेपछि बैठक स्वतः स्थागित भएको हो ।

सर्वोच्च अदालतको सोमबारको फैसलाबाट तत्कालिन केपी ओलीको सरकार स्वतः विघठन भएपछि राखेपको बैठक स्थागित भएको हो । खेलकुद मन्त्री राखेपको अध्यक्ष रहने राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा उल्लेख छ । जसले बैठक बोलाउनुभएको थियो उहाँ पद मुक्त भएपछि स्वत बैठक स्थगित भएको छ,’ राखेप सदस्य सचिव रमेशकुमार सिलवालले भने ।

‘गत वर्ष असार १७ गते खेलकुद एने लागू भएपछि पहिलो पटक राखेपको बोर्ड बस्ने तय भएको थियो । बोर्ड बैठकका लागि राखेप सदस्य सचिवको संयोजनकत्वमा रहेको कार्यकारी समितिले एजेन्डा तय गरिसकेको थियो ।

नयाँ ऐन लागू भएपछि त्यसअनुसार राखेपका उपाध्यक्ष, सदस्य सचिव र अन्य सदस्यहरुको चयन भएको थियो । ३७ सदस्यीय बोर्डमा केहि पदेन सदस्यहरुको नाम सम्बन्धित संस्थाले पठाउन बाँकी रहेको बताइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी), नेपाल उद्योग वाणिज्य महासंघ र विश्व विद्यालयले आफ्ना प्रतिनिधि पठाउन बाँकी छ ।

ऐनमा वर्षमा कम्तीमा दुई पटक बोर्ड बैठक बस्नु पर्ने उल्लेख छ । नयाँ बोर्ड गठन भएको वर्ष दिन पुग्न लाग्दा अहिले सम्म बैठक बसेको छैन । ऐन लागू भएयता राखेपका अध्यक्ष रहने युवा तथा खेलकुद मन्त्री तीन जना फेरिइसकेका छन् । ऐन लागू गर्दा जगतबहादुर विश्वकर्मा युवा तथा खेलकुद मन्त्री थिए भने त्यसपछि दावा लामा, एकबाल मियाँले मन्त्रालय सम्हालेका थिए । अहिले कृष्णगोपाल श्रेष्ठ खेलकुद मन्त्री छन् । श्रेष्ठको अध्यक्षतामा राखेप बोर्ड बैठक बस्नेछ ।

लुम्बिनी प्रदेशमा २०७५/०७६ मा आठौं राष्ट्रिय खेलकुदको समापनका क्रममा राखेप बोर्ड बैठक बसेको थियो । तत्कालिन अध्यक्ष विश्वकर्माको उपस्थिति नहुँदा तत्कालिन उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो ।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.