default_image

4 years ago

July 8, 2021

पारा खेलाडी र कमिटीलाई सहयोग

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जापानको मिकीसिटीस्थित एनपीओ रारीगुराँसले नेपाल पारा तेक्वान्दो कमिटी र पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोगका लागि खेल पोशाक प्रदान गरेको छ ।


रारीगुराँसका अध्यक्ष अकेमी मिजुबाले पठाएको १ लाख रुपैयाँ रारीगुराँसका नेपाल अध्यक्ष रोशन श्रेष्ठले कमिटीका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष कसिम मियाँ धोबीलाई बिहीबार हस्तान्तरण गरे । सोही अवसरमा जापानको टोकियोमा हुने पाराल्याम्पिक्सका लागि वाइल्ड कार्ड पाइ सहभागिता निश्चित गरीसकेकी खेलाडी पलेशा गोबद्र्धनसहित उनको ट्रेनिङ पार्टनर विशाल गर्बुजा र सिर्जना तामाङ तथा प्रशिक्षक कविराज नेगी लामालाई ट्रयाक सुट र टिसर्ट प्रदान गरिएको थियो ।


करिब ४० हजार रुपैयाँ बराबरको केल्मीको सामाग्री प्रदान गरिएको कमिटीका सचिव दीपक विष्टले जानकारी दिए । उक्त सामग्री नव कञ्चन बहुउद्देश्यीय सहकारी संस्थाले टोलीलाई उपलब्ध गराएको बताइएको छ । नव कञ्चनका अध्यक्ष यज्ञराज अवस्थीले उनीहरुलाई सामग्री प्रदान गरे । पलेशा जुलाई १ तारिखदेखि बन्द प्रशिक्षणमा छिन् । पलेशालाई लामासहित कोरियाली प्रशिक्षक क्वान यङ दल, दीपक विष्ट र रञ्जन श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । बिहान÷दिउँसो समान २ घण्टा गरि ४ घण्टा प्रशिक्षण भइरहेको छ ।

पाराल्याम्पिक्स अगष्ट २५ देखि सेप्टेम्बर ६ तारिखसम्म हुने छ । तेक्वान्दोको स्पर्धा सेप्टेम्बर ३ देखि ५ तारिखसम्म हुनेछ । पलेशाले क्याटगोरी ४४ अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । पारा ओलम्पिकका लागि नेपालबाट छनोट हुने पलेशा हालसम्म एक्लो खेलाडी हुन् ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.