4 years ago
July 6, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदले अन्तर्राष्ट्रिय खेलकुदमा प्राप्त गरेका सफलता र सहभागितालाई समेट्ने उद्देश्यले स्पोर्टस नेपाल ओआरजी वेब साइट सञ्चालनमा ल्याइएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक संग्राहलयले वेब साइट सञ्चालनमा ल्याएको हो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले वेब साइटको मंगलबार सातदोबाटोस्थित एनओसी मुख्यालयमा उद्घाटन गरे ।
नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत प्रोजेक्ट (२०२०–२०२१) को पहिलो चरणमा नेपाली खेलकुदको इतिहाससँग जोडिएका सामग्रीको संकलन र अभिलेखिकरण सुरु गरिएको संग्राहलयले जनाएको छ । यसका लागि सोलिडारिटी कार्यक्रमबाट १५ हजार डलर प्राप्त भएको थियो र यसको औपचारिक सुरुआत गत वर्षको मंसिर १ गतेबाट भएको थियो ।
एनओसी अध्यक्ष श्रेष्ठले अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्ने काम गर्ने जनाउँदै नेपाली खेलकुद इतिहास निकै पुराना भएपनि यसलाई अभिलेखीकरण गर्नु पर्ने काम धेरै बाँकी रहेको बताए । उनले त्यसका लागि एनओसीको सधै सहयोग रहने बताए ।
एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाली खेलकुदलाई अभिलेखीकरणको सुरुआत मात्र भएको र यसको निरन्तरता आवश्यक रहेको बताए । एनओसी उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले नेपाली खेलकुदका लागि इतिहास अभिलेखीकृत गर्ने प्रयासको ठूलो महत्व रहेको बताए ।
संग्राहलयका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले वेब साइटले समेट्ने विषयमा जानकारी दिएका थिए । कार्यक्रममा कमिटीका उपाध्यक्षद्वय ज्योति राणा र उपाध्यक्ष अशोक वज्राचार्य, सचिव तुलसी थापा तथा सदस्य राम अवाले र रमेश सिवाकोटीको पनि उपस्थिति रहेको थियो ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]