4 years ago
July 3, 2021
बारा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च बाराले खेलकुद पत्रकारिता पुरस्कार २०७७ पत्रकार अविनाश आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ ।
शनिबार सिमरामा सम्पन्न मञ्चको बैठकले २५ हजार राशीको सो पुरस्कार सिआईएन र स्थानीय रेडियो सिमरामा कार्यरत पत्रकार आचार्यलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सुनील गाउँलेले जानकारी दिए ।
आगामी भदौ २७ गते मञ्चको स्थापना दिवसका अवसरमा कार्यक्रमका बीच पुरस्कार प्रदान गरिने अध्यक्ष गाउँलेले बताए । जिल्लामा रहेर कृयाशिल पत्रकारहरुलाई खेलकुद पत्रकारितामा प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले स्थापना गरेको सो पुरस्कार आगामी दिनमा प्रत्येक वर्ष प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ ।
मञ्चका अध्यक्ष गाउँलेको अध्यक्षतामा सप्पन्न बैठकमा मंचका सल्लाहकार समेत रहेका पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, बरिष्ठ पत्रकार गुरुप्रसाद गौतम लगायतको उपस्थिति थियो ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]