default_image

4 years ago

July 2, 2021

सागका स्वर्ण विजेता नवीन र पार्वती वर्ष खेलाडी

99 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – करातेका नवीन रसाइली र तेक्वान्दोकी पार्वती गुरुङ पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६–७७ का वर्ष खेलाडी घोषित भएका छन् ।

विश्व खेलकुद पत्रकार दिवस अवसरमा शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्डमा नवीन र पार्वती उत्कृष्ट खेलाडी चुनिएका हुन् । दुवैले २ लाख रुपैयाँ प्राप्त गरे । केशव रञ्जित आनन्द लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए । पोखरा नदीपुरका आनन्दले पोखराको फुटबल विकासमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको हो ।

कोरोना महामारीबीच पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल रुपमा आयोजना गरिएको समारोहमा वर्ष उत्कृष्ट खेलाडी बन्न सफल नवीन नेपाल प्रहरीका खेलाडी हुन् । बाग्लुङका २३ वर्षीय नवीनले डेढ वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका थिए । उनले टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याललाई पछि पार्दै अवार्ड जितेका हुन् ।
१३ औं सागमा एक स्वर्ण र एक कास्य पदक जितेकी पार्वती महिलातर्फ उत्कृष्ट घोािष्त भएकी हुन् । लमजुङकी २६ वर्षीया पार्वतीले साइक्लिङकी जमुना थापा र तेक्वान्दोकी प्रशंसा क्षेत्रीलाई पछि पारेकी थिइन् ।

१४ वर्षे पौडीकी दुवाना लामा उदीयमान खेलाडी घोषित भइन् । सो विधामा लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्री मनोनयमा थिए । बक्सिङका सरेश मल्ल ठकुरी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भए । उनी दुई दशक भन्दा लामो समयदेखि प्रशिक्षकका रुपमा कार्यरत छन् । पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठ उत्कृष्ट प्रशिक्षकको मनोनयमा थिए । उदीयमान र प्रशिक्षकले समान ३५ हजार रुपैयाँ प्राप्त गरे ।

मञ्चले प्रदान गर्ने वर्ष उत्कृष्ट पत्रकार अवार्डतर्फ नागरिक दैनिकका सन्देश श्रेष्ठ (वर्ष २०७६) र पोखरा स्पोर्टस् डटकमका केशव पाठक (वर्ष २०७७) सम्मानित भए । दुवैले ३५ हजार रुपैयाँ, ट्रफी प्राप्त गरे । आर्चरी कास्की जिल्ला संघ वर्ष उत्कृष्ट खेल संघबाट सम्मानित भयो । संघ अध्यक्ष योगेन्द्र शेरचनले सम्मान ग्रहण गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा भएको समारोहमा विजेतालाई प्रदेशका बिनाविभागीय मन्त्री राजीव गुरुङ, सांसद दीपक कोइराला, मीना गुरुङ, पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्य राजेश गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव तेज गुरुङ, पत्रकार महासंघ केन्द्रीय सदस्यद्वय सरिता तिमिल्सिना पगेनी, त्रिभुवन पौडेल, मञ्च अध्यक्ष एकराज गिरी लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अवार्ड समारोहको महत्वबारे प्रकाश पार्दै सरकारले खेल क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । हास्य कलाकार दीपक थापाले हास्य प्रहसन गरेका थिए भने नेपाल मुआथाई र क्यूकोसिन फुलकन्ट्याक्ट करातेका खेलाडीले डेमो प्रस्तुत गरेका थिए । साथै एसके डान्स म्यूजिक सेन्टरका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

अवार्डलाई राखेप, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, कास्कीका माछापुच्छे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाले सहयोगको प्रतिबद्धता गरेका मञ्चले जनाएको छ । पोखरा लेकसिटीका तर्फबाट निर्देशक डा. विष्णु नेपालीले लाइफ टाइम अचिभमेन्ट अवार्डवापत ४० हजार, माई होटल, लेकसाइडतर्फबाट प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार र पोखरा रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उहाँको परिवारजनबाट पत्रकार (वर्ष २०७७) लाई प्रदान गरिने अवार्डमा नगद ३५ हजार रुपैयाँ प्रायोजन सम्झौता भएको थियो ।

अवार्डको लाइभ पार्टनरमा एबीसी न्यूज टेलिभिजन र पोखरा टेलिभिजन, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, रेष्टुरेन्ट पाटर्नरमा मुगलान रेष्टुरेन्ट सभागृहचोक छ भने बैंकिङतर्फ लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक, पोखरा फाइनान्स रहेका थिए । त्यस्तै केल्मी प्रालि, सिर्जना विकास केन्द्र, सिटी एजुकेसन एण्ड कन्सल्टेन्सी, राजेश गुरुङ (राखेप सदस्य), मिलन गुरुङ (एन्फा कास्की), पोषण थापा (फेवा सिल्टेसन प्रालि), राजन गुरुङ (समाजसेवी एवं युवा व्यवसायी), परिचय एड्भरटाइजिङ, एसके साउण्ड लगायतले सहयोग गरेको मञ्चले जानकारी दिएको छ ।

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

Success

Thank you for your time.