4 years ago
July 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जापानमा अर्को महिना आयोजना हुने टोकियो ओलम्पिकका सन्दर्भमा धावक गोपीचन्द्र पार्कीको सहभागिताका विषयमा भएको गैरजिम्मेवारी कार्यको नेपाल लोकतान्त्रिक खेलकुद संघले भर्त्सना गरेको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघले शुक्रबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै गोपीलाई ओलम्पिकमा सहभागी गराउन नसकेको जनाएको थियो । म्याराथन तर्फ कोटा भन्दा बढि आवेदन परेको र सोहि कारण नेपालको तर्फबाट ओलम्पिकका लागि तयारी गर्र्दै आइरहेका म्याराथन खेलाडी गोपिचन्द्र पार्की सहभागी हुन नसक्ने र नेपालले प्राप्त गरेको कोटामा १०० मिटरतर्फ सरस्वती चौधरीले सहभागीता जनाउने बताउदै जारी विज्ञप्तीमा लोकतन्त्रिक संघले गम्भिर भएको जनाएको छ ।
‘ओलम्पिक सुरु हुनुभन्दा २० दिन अगाडी मात्रै कोटा परिवर्तन भएको जानकारी पठाएको भन्ने व्यहोराको पत्रमा नेपाल एथलेटिक्स संघ अध्यक्ष, राखेप सदस्य सचिव तथा ओलम्पिक अध्यक्षको सामुहिक हस्ताक्षर सहितको विज्ञप्तीमा दिइएको स्पष्टिकरणले यस विषयलाई अझै शंकास्पद र गैह्र जिम्मेवार कार्यभएको भन्ने शंकलाई पुष्टि गरेको छ,’ संघका सचिव मनीष जोशीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ साथै सोहि पत्रमा गोपिचन्द्र पार्कीको सहभागीताका लागि अथक प्रयास गरिएको थियो भनेझै सत्यता हो भने सो विषयमा तिन पक्षले स्पष्ट सुचना र जवाफदेयिताको पारदर्शिता देखाउनु पर्नेछ ।’
आफ्नो गल्ती र कमीकमजोरीका कारण यदि कुनै खेलाडीको भविष्यमाथी खेलावाड गरिएको हो भने यो क्षमदायी हुने विषय पक्का होइन । तर्सथ यस विषयमा काँहा कुन प्रकारको प्रयास कहिले बाट भएको थियो भन्ने विषयको स्पष्ट जानकारी खेलाडी, खेलकर्मी र समग्र राष्ट्रलाई जानकारी गराउनु पर्ने माग राख्दै संघले भनेको छ, ‘जसका कारण भविष्यमा खेलाडीहरुलाई यस प्रकारका विषयहरुले मनोवैज्ञानिक असर नपरोस । अन्यथा ओलम्पिकको सपना देशका लागि मेडल दिने भन्दा पनि आफ्नो नाम कुनवेला हट्ने वा नरहने मनोविज्ञाले हाम्रो खेलकुदलाई ठुलो नोक्सान पुग्ने प्रष्ट छ ।’
खेलकुद संघ भन्छ, ‘यस प्रकारको विषयलाई विज्ञप्ती जारी गरेर टार्न खोजिएको हो भने यो सह्य हुने विषय होइन। सरोकारवाल पक्षहरुले पिडित खेलाडी, सुचनाको पूर्ण जानकारी र आफुभित्र कुनै कमिकमजोरी भएको हो भने सो विषयको स्विकारोक्ति पनि अनिवार्य रहेको छ । एनओसीको निर्णय वा परिषद र संघको मात्रै नभई यस विषय सिङ्गो नेपाल र नेपाली खेलकुदको हो । यस तर्फ गम्भिर बन्न सरोकारवालाहरुलाई अनुरोध गर्दछौ ।’
खेलाडीको वर्षभरीको पसिना अनि सपना माथीको खेलवाड जहाँबाट भएको सो विषयमा आवश्यक छानविन सहित खेलाडीलाई यथोचित न्याय गर्नुपर्ने जिम्मेवारी बाट तिनै पक्ष नभागोस भन्ने माग गर्दै संघले अगाडि भनेको छ, ‘ओलम्पिकमा सहभागीता जनाउन लाग्नु भएका सरस्वती चौधरी, गौरिका सिंह,एक्सेस शाह ,कल्पना परियार र सोनिया भट्ट सहित प्रशिक्षकहरुमा हार्दिक शुभकामाना व्यक्त गर्दछौ । साथै आज परेको विश्व खेलकुद पत्रकार दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।’ टोकियो ओलम्पिक साउन गते देखि २३ गते सम्म हुँदैछ ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]