4 years ago
June 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कृष्णगोपाल श्रेष्ठले युवा तथा खेलकुदसहित ५ मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् । सर्वोच्च अदालतले जेठ २१ र २७ गते गरिएको मन्त्री परिषद् विस्तारमा परेका उप प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीको पदको कार्य नगर्नु गर्न नदिनु नदिलाउनु भनी अन्तरिम आदेश जारी गरेकोले उनीहरुले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई तोकिएको छ ।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ती अनुसार श्रेष्ठले युवा खेलकुद, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा समाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्नेछन् । प्रधानमन्त्री केपी ओलीले रक्षा र परराष्ट्रको समेत कार्यभार तोकिएको छ ।
उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ, गृहसहित ५, बसन्तकुमार नेम्बाङले भौतिक पूर्वाधार तथा यातायातसहित ५ मन्त्रालय तथा लिलानाथ श्रेष्ठले कानुनसहित ६ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]