4 years ago
June 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) ले वेभनारमार्फत दुई दिन अलग अलग कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको पहिलो दिन शनिबार ब्याडमिन्टन खेलाडीका खेलाडीलाई लाग्न सक्ने चोट र त्यस कसरी मुक्त हुने भन्ने विषयमा खेलाडी, प्रशिक्षक र सम्बन्धित अन्यलाई जानकारी गराइएको थियो ।
इन्टरनेसनल स्पोर्टस् फिजियोथेरापिष्ट डा. रिचा कुलकर्णी र स्पोर्टस फिजियो थेरापिष्ट डा.सारिका विष्टले सहभागीहरुलाई ब्याडमिन्टमा हुन सक्ने चोट, सम्भावित चोटका बाच्ने उपाय र चोट लागेपछिको उपचार पद्धतीका विषयमा जानकारी दिएका थिए ।
त्यस्तै दोस्रो दिन आइतबार द मिट स्टार कार्यक्रम सम्पन्न भएको थियो । जसमा पारा ब्याडमिन्टनका विश्व नम्बर एक भारतीय प्रमोद भागत र उनका प्रशिक्षक समेत रहेको गौरव खन्नाले आ आफ्नो अनुभव खेलाडीमा साटेका थिए । प्रशिक्षक खन्ना भारतको प्रतिष्ठित अवार्ड द्राणाचार्य वार्ड २०२० र भागत अर्जुन अवार्ड २०१९ का विजेता हुन् । कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ अतिथिका रुपमा सहभागी थिए ।
दुवै कार्यक्रम प्रभावकारी भएको आफूले महसुस गरेको केबिएका सचिव दीपक थापाले जानकारी दिए । ‘पहिलो दिन खेलाडीहरुलाई सम्भावित चोट र त्यसबाट बच्न विषयमा विशेषज्ञहरुले महत्वपूर्ण जानकारी दिनुभएको थियो,’ उनले भने, ‘त्यसले खेलाडीले अभ्यास र प्रतियोगिताका दौरान अपनाउनुपर्ने सजगता लिने आशा गर्न सकिन्छ ।’
थापाले अगाडि भने ,’त्यस्तै दोस्रो दिनको कार्यक्रममा एउटा साधारण मान्छे खेल क्षेत्रमा कसरी सफल बन्न सक्छ भन्ने भारतीय प्रशिक्षक र खेलाडीले अनुभव साट्दा त्यसले खेलाडीहरुमा आत्मविश्वास बढाउन मद्दत गरेको महसुस गरेका छौं ।’
सचिव थापाले कोरोनाको दोस्रो लहरका कारण केबिएको नियमित प्रशिक्षण सम्भव नभएकोले खेलाडीहरुको मनोबल घट्न नपाओस् भन्नका लागि गरिएको कार्यक्रमले आफूहरु उत्साहित भएको र भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । केबिएले कोरानाकै कारण गत महिनाका लागि तय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता स्थगित गरेको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]