4 years ago
June 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले आफ्ना ३ खेलाडी जवान आधारभूत तालिममा तालिमरहत रहेकोले महिला राष्ट्रिय भलिबल टोलीको प्रशिक्षणमा पठाउन नसक्ने जनाएको छ ।
फिलिपिन्समा भदौ १३ देखि २० गते सम्म आयोजना हुने एभिसी एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले ३० खेलाडीलाई असार १ गतेबाट प्रशिक्षणमा राखेको छ । जसमा पुलिसका ७ खेलाडीलाई डाकिएको छ । त्यसमध्ये कामना विष्ट, शान्तिकला तामाङ र पुनम चन्दलाई प्रशिक्षणमा पठाउन नसक्ने भन्दै संघलाई पत्राचार गरेको छ ।
तीनै जना प्रहरी जवानको आधारभूत तालिममा समावेश भइरहेको कारण पुलिसले जनाएको नेपाल भलिबल संघकी उपाध्यक्ष एवं महिला टोलीकी व्यवस्थापक निरोज मास्केले बताइन् । स्पाइकर पुनम यसअघि राष्ट्रिय टोलीमा रहेकी थिइन् । पुलिसका लागि पछिल्लो समय कम अवसर पाइरहेकी उनी नेपालले एभीसी सेन्ट्रल जोनमा स्वर्ण र १३ औं दक्षिण एसियाली खेलकुदमा रजत जित्दा टोलीमा थिइन् । लिबेरो शान्तिकलाले त्यसबेला अन्तिम टोलीमा स्थान बनाउन सकेकी थिइनन् । स्पाइकर कामना भने पहिलो पटक टोलीमा परेकी हुन् ।
पुलिसका बाँकी खेलाडी कमला पुन, मनीषा चौधरी, लक्ष्मी चन्द र उषा भण्डारीलाई भने बन्द प्रशिक्षणमा उपलब्ध गराउने निर्णय गरेको छ । बन्द प्रशिक्षणमा अब २७ खेलाडी मात्र रहनेछन् । टोलीमा २ जनामात्र लिबेरो रहेकोले अब खेलाडी थप्ने वा नथप्ने भन्नेबारे केहि दिनमा निर्णय हुनेछ । प्रशिक्षणमा त्रिभुवन आर्मी क्लबका सर्वाधिक ८, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र होगांन्जी न्यू डायमण्ड क्लबका समान ७ र सरस्वती कट्टेल बन्द प्रशिक्षमा रहेका थिए । अब पुलिसका ४ खेलाडी मात्र रहनेछन् ।
च्याम्पियनसिपबाट ५ राष्ट्रले नाम फिर्ता लिएको शनिबारनै जानकारी प्राप्त भएको थियो । च्याम्पिनसिपबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्यान्डले नाम फिर्ता लिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिएका थिए । सुरुमा च्याम्पियनसिपमा चीनमा १६ टोलीको सहभागितामा आयोजना हुने तय थियो । पछि चीनले आयोजना नगर्ने भएपछि फिलिपिन्स आयोजकका रुपमा सहभागी हुँदा १७ टोलीबीच प्रतिस्पर्धा हुने तय थियो ।
अहिले ५ टोलीले नाम फिर्ता लिएपछि अब १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ । एक साता चल्ने च्याम्पियनसिपमा अब नेपालसहित अब १२ राष्ट्रले भाग लिनेछन् । जसमा आयोजक फिलिपिन्ससहित जापान, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, ताइपे, इरान, अष्ट्रेलिया, भारत, नेपाल र उज्वेकिस्तान, हङकङ छन् ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी : प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, साफिया पुन, सुनिता खड्का, उषा विष्ट, अरुणा शाही, जानकी भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, रेश्मा भण्डारी, मनिषा चौधरी, कविता भट्ट, शान्ति थारु, सरस्वती जैशी, कृपा अधिकारी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, संगम महतो, रिमा कुँवर, पुजा चौधरी, झरना श्रेष्ठ, वालमिका आचार्य, हिरा केसी र सरस्वती कट्टेल
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]