4 years ago
June 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नव नियुक्त युवा तथा खेलकुद मन्त्री एकबाल मियाँलाई सफल कार्यकालको शुभकामनासहित बधाई दिएको छ ।
अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा सिंहदरबारस्थित मन्त्रालयको कार्यालयमा पुगेर एनएनआइपिए टोलीले मन्त्री मियाँलाई बधाई दिएको थियो । सोही क्रममा अध्यक्ष श्रेष्ठले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम मन्त्रालयले तयार गरेको राष्ट्रिय खेलकुद विकास नियमावलीको प्रारम्भिक मस्यौदामा हाल कार्यान्वयमा रहेको नियमावली अनुसार कोषको स्थापना नभएकाले त्यसमा ध्यानाकर्षण गराएका थिए ।
हाल मस्यौदामा रहेको खेलाडीको मापदण्डका बारेमा केहि अस्पष्टता रहेकोतर्फ ध्यानकार्षण गराउँदै अध्यक्ष श्रेष्ठले अहिले कार्यान्वयमा रहेको राष्ट्रिय खेलाडी कल्याणकारी कोष नियमावलीमा राष्ट्रिय खेलकुदमा भाग लिएका खेलाडीलाई मात्र समेटेको स्मरण गराए । एउटा मापदण्ड बनाएर जान सकिने भने भविष्यमा त्यसले समस्या पर्न सक्छ मन्त्री मियाँको ध्यानाकर्षण गराउँदै अध्यक्ष श्रेष्ठले भने, ‘खेलाडी मात्रै भन्दा त्यसको अर्थ व्यापक हुन जान्छ । अहिले हामीले अभ्यास गरेको भन्दा मस्यौदा फरक आएकोले मन्त्री ज्यूको त्यसमा ध्यानाकर्षण गराउन चाहन्छौं ।’
हाल काल्याकारी कोष सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति रहि आएको छ । सो कोषमार्फत कठिन अवस्थामा परेका राष्ट्रिय खेलाडीलाई आर्थिक सहयोग गरिदै आएको छ । १ करोड रुपैयाँबाट सुरु भएको कोषमा अहिले १ करोड ४० लाख रुपैयाँ रहेको पनि श्रेष्ठले जानकारी दिए । सञ्चालक समितिमा खेलकुद मन्त्रालय, अर्थमन्त्रालय, राखेप स्वास्थ्य तथा अनुसन्धान केन्द्र, आर्थिक प्रसासन प्रमुख, सहयोग गर्नुपर्ने सम्बन्धी खेलको पदाधिकारी र एनएनआईपिएको अध्यक्ष सदस्य सचिव रहने प्रावधान छ ।
एनएनआइपिएका मानार्थ अध्यक्ष दीपक विष्टले हरेक पटक मन्त्री आउँदा एनएनआइपिएले खेलाडीको हक हितका लागि मागहरु राख्ने गरेको स्मरण गराउँदै भने, ‘त्यसमध्ये केहि पूरा भएका छन् , केहि पूरा हुन बाँकी छन् । नवनियुक्त मन्त्रीको कार्यकालमा अन्य माग पूरा हुन आशा राखेका छौं ।’
मन्त्री मियाँले असार महिनाभर आफू केहि व्यवस्त रहेको र साउन पहिलो साताबाट सबैको सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै एनएनआइपिएको भविष्यमा आफूले सुझाव लिने बताए । सो अवसरमा एनएनआइपिएलका उपाध्यक्ष एवंम राखेप सदस्य हरि खड्का, उपाध्यक्ष दीपक थापा, महासचिव शिवसुन्दर गोथे, सह महासचिव मन्देकाजी श्रेष्ठ र कोषाध्यक्ष आङबाबु लामा पनि सहभागी थिए ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]