default_image

4 years ago

June 18, 2021

लोकतान्त्रिक खेलकुदद्वारा यादवको परिवारलाई सहयोग

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघले आफ्नो केन्द्रिय सदस्य एवं प्रदेश नं. २ का संयोजक रहेको स्वर्गिय बैजनाथ बाबा यादवको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

महाराजगंजस्थित हेडलाईन क्याफेमा शुक्रबार संघका केन्द्रिय उपाध्यक्ष बृजेन्द्र हमालले यादवको परिवारलाई नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहन कुमार बस्नेत लगायत केन्द्रिय सदस्यहरु, बागमती प्रदेशका सदस्यहरुबाट संकलित १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

सो अवसरमा स्वर्गिय यादव प्रति श्रद्धान्जली अर्पण गरिनुका साथै १ मिनट मौन धारण गरिएको थियो । अन्य रकम पनि संकलन भईरहेको र संकलित बाँकी रकम कोभिड १९ को सहजता पश्चात जनकपुरमानै पुगेर परिवारलाई हस्तान्तरण गरिने कार्यक्रममा महासंघका पदाधिकारीले जानकारी दिए । क्योकुसिन करातेका अन्तराष्ट्रिय खेलाडी समेत रहेका जनकपुर निवासी यादवको कोभिड १९ का कारण जेष्ठ २ गते वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

कार्यक्रममा केन्द्रिय सचिव मनिष जोशी, केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश संयोजक हरिश्वर पोखरेल, केन्द्रिय सदस्य एवं वागमती प्रदेश संयोजक दीपक गुरुङ्ग, केन्द्रिय सदस्य राजु विक्रम थापा, राजेश गुरुङ्ग, दामोदर अर्याल, बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघका उपाध्यक्ष उमेश गुरुङ्ग, सचिव दामोदर (बद्री) भट्टराई लगायतको उपस्थित थिए ।

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

Success

Thank you for your time.