default_image

4 years ago

June 9, 2021

भर्चुअल ‘नेपाल टिम प्लानिङ’ जारी

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल टेबल टेनिस संघको आयोजना तथा अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघको तत्वधानमा तीन दिवसीय ‘नेपाल टिम प्लानिङ’ कार्यक्रम संचालन भएको छ ।

जोर्डनका अन्तर्राष्ट्रिय टेबल टेनिस विज्ञ मोहम्मद अटनले भर्चुअलमार्फत संचालन गरेको यस कार्यक्रममा नेपालका राष्ट्रिय प्रशिक्षक, एलिट खेलाडी र संघका पदाधिकारी गरेर झन्डै दुई दर्जनको सहभागिता रहेको टेबल टेनिस संघले जनाएको छ ।

गत साता सुरु भएको कार्यक्रमको दोस्रो सेसन बुधबार सञ्चालन भएको थियो । तेस्रो तथा अन्तिम दिनको कार्यक्रम शुक्रबार हुने जनाएको छ । यसमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टिमको तयारीका विविध आयामबारे दोहोरो छलफल गरिएको छ । अटनले यसअघि नेपाल आएर अन्य प्रशिक्षणका कार्यक्रम संचालन गरिसकेका छन् ।

संघका अध्यक्ष चतुरानन्दराज बैद्यका अनुसार जुन महिनामा महासंघकै सहयोगमा ‘होप’ कार्यक्रम पनि संचालनमा आउने भएको छ । त्यसमा नेपालका तर्फबाट चार एलिट क्याडेट खेलाडीले भाग लिन पाउनेछन् । यसमा दुई दुई ब्वाइज र गल्र्स खेलाडी हुनेछन् । यो प्रतिभाशाली खेलाडीका लागि आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हो ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.