4 years ago
June 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोभिड १९ को दोस्रो लहरका कारण गरिएको निषेधाज्ञाका कारण आर्थिक समस्यामा परेको सुकुम्वासी परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं प्रशिक्षक अशोक खड्काको पहलमा जोरपाटी निवासी तेक्वान्दोकै पूर्व प्रशिक्षक राजकुमार ढुंगानाको सहयोगमा कागेश्वरी नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छेउमै रहेको सुकुम्वासी टोलका ११ परिवारलाई ३० केजी बराबरको १–१ बोरा चामल वितरण गरिएको हो ।
खड्काले सुकुम्वासी टोलमै पुगेर सम्बन्धितलाई राहत वितरण गरे । २०७२ सालको महाभुकम्पमा पनि खड्काकै अग्रसरतामा सोही टोलका पीडित सुकुम्वासीलाई टहरा निर्माण गरिदिनुका साथै पाल र राहत वितरण गरिएको थियो ।
जारी निशेधाज्ञाको अवधिमा ३७ परिवारलाई राहत वितरण गरिएको तथा २ मृगौला पीडितलाई आर्थिक सहयोग पनि प्रदान गरिएको खड्काले जनाएका छन् । कागेश्वरी नगरपालिका वडा २ का अशक्त वृद्धा ६७ वर्षीय बाबुलाल नगरकोटीलाई ओड्ने ओछ्याउनेका साथै राहत पनि उपलब्ध गराएका थिए । एक अपाङ्ग भुजेल परिवार तथा रुखबाट खसेर गम्भीर घाइते भएका एक कार्की परिवारलाई पनि आर्थिक सहयोगका साथै राहत उपलब्ध गराएका थिए ।
कोरोनाकै पहिलो लहरका समयमा गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा पनि समस्यामा परेका ४ सय ५० भन्दा बढी परिवारलाई खड्काको सक्रिएतामा राहत, स्वास्थ्य सामाग्री र राहत प्रदान गरिएको थियो ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ललितपुरले बुधवार बनेपा वडा नं ९ लाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो। बुढानिलकण्ठ भलिबल क्लब, टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र प्रोफेसनल कन्सल्टेन्सी पनि सेमिफाइनलमा पुगेका छन्। बनेपाको […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्। आज भएको उद्घघाटन खेलमा डिफेन्डिङ च्याम्पियन गोर्खलीले गत वर्षको उपविजेता एपिएफलाई प्रतिस्पर्धात्मक खेलमा १४-१२ स्कोरले पराजित गर्यो। त्यसैगरी दोस्रो खेलमा आर्मीले एकपक्षिय खेलमा नेपाल पुलिस क्लबलाई ४९–३ को फराकिलो स्कोरले हरायो ।नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]