4 years ago
June 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन दीपक विष्ट र व्यवसायी राजु अवस्थीले बुढानिकण्ठ नगरपालिका ४ स्थित पवित्र समाज सेवा नेपाललाई खाद्यान्न सहयोग गरेका छन् । केहि दिनका लागि पुग्ने गरि विष्ट र अवस्थीले चामल, दाल, आलु, नुन तेललागयका खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।
झन्डै दुई दशकदेखि दिक्षा चापागाईको नेतृत्वमा सञ्चालन भइरहेको पवित्र समाज सेवामा ववारिसे बालबालिका, बृद्ध बृद्धा, अशक्तहरुलाई आश्रय दिइरहेको छ । चापागाईका अनुसार समाजमा अहिले ६२ जनाले आश्रय लिइरहेका छन् । चापागाईका अनुसार देश विदेशमा रहेका नेपालीले व्यक्तिगत रुपमा गर्ने सहयोगकै आधारमा संस्था सञ्चालन भइरहेको छ ।
‘दीपक दाईहरुले पहिला देखि नै सहयोग गर्दै आउनु भएको छ,’ पवित्र समाजकी अध्यक्ष चापागाईले भनिन्, ‘अहिले कोरोना महामारीको दोस्रो लहरले हामीलाई थप अप्ठेरो परेको बेलामा उहाँहरुले सम्झेर सहयोग गरिदिनु भएको छ । त्यसका लागि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । त्यसै अहिले सम्म हामीलाई सहयोग गर्ने सबै प्रति आभारी छौं ।’
गत वर्ष कोरोनाको पहिलो लहरमा पनि विष्टलगायत दक्षिण एसियाली खेलकुदका पदक विजेता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र अन्य खेलाडीले आर्थिक अवस्था कमजोर भएकाहरुलाई खाद्यान्न लगायतको सहयोग गरेका थिए ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]