4 years ago
June 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले कोभिड १९ को कारण खेलकुद क्षेत्रमा देखिएको प्रभाव र कोभिडबीच खेलक्षेत्रको सक्रियताका बारेमा भर्चुअल कार्यक्रमको आयोजना गरेको छ ।
कोभिड १९, त्यसको प्रभाव, सुरक्षाको उपाय, र खेलक्षेत्रलाई चलायमान गर्ने सम्बन्धमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा मुख्य वक्ता राखेपका पूर्व चिकित्सक अजय समशेर जंगबहादुर राणाले कार्यक्रमका सहभागीलाई जानकारी गराए ।
कोभिडका कारण नेपाली खेलकुद क्षेत्रपनि ठप्प छ । कोभिडकै कारण केहि खेलकर्मीले पनि ज्यान गुमाएका छन् । खेलकुदका सम्बन्धित ब्यक्तिहरु संक्रमणका कारण आईसोलेसन र अस्पतालमा उपचार गराईरहेको पनि कार्यक्रममा जानकारी गराइयो । कार्यक्रमको सभापतित्व कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले गरेका थिए भने कार्यक्रको संयोजन राजु मास्केले गरेका थिए । कार्यक्रमको सहजकर्ताका रुपमा संघका महासचिव फणिन्द्र पौडेल थिए ।
कार्यक्रमलाई राखेपमा सदस्यहरु इन्दिरा निरौला, रिम रानाभाट, तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले कोभिडका कारण खेलकुद क्षेत्रले भोग्नु परेको प्रभावका बारेमा आफ्नो धारणा राखेका थिए ।
राखेप सदस्य निरौलाले आफुले जावलाखेलमा सुविधा सम्पन्न आईसोलेसन सेन्टरको स्थापना गरेको र खेलकुद संग सम्वन्धितहरुको सक्दो जानकारी राखेको र समस्या समाधानका लागि पहल गरिरहेको जानकारी गराइन् । पहिलो चरणको कोभिडबाट सामान्य प्रभावमा रहेको खेलकुद क्षेत्र दोश्रो लहरबाट बढी प्रभावित भएको संघले जनाएको छ ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]