default_image

4 years ago

June 8, 2021

प्रज्वलको खेल यात्रा

168 views

0 Bookmark

सितु प्रसाद श्रेष्ठ, बुटवल

दुई वर्षअघि काठमाडौंमा बाह्रौ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुँदै थियो। दक्षिण एसियाका प्रायः सबै देशबाट दर्जनौं शारीरिक सुगठन खेलाडी प्रतियोगिता प्रतिस्पर्धा गर्दै थिए । तीनै खेलाडी मध्ये एक नेपाली थिए प्रज्वलमान शाक्य ।

एक पछि अर्को तौल समूहका प्रतियोगिता पश्चात नतिजा घोषणा हुने क्रम चलिरहेको थियो । प्रज्वल ६५ केजीमा सहभागी भएका थिए । उनी आफ्नो नतिजालाई पलपल व्यग्रताका साथ प्रतीक्षा गर्दै थिए । अरु बेला भन्दा मुटुका धडकन जोड्जोड धड्केको महसुस गरिरहेका थिए । बर्षौ को कठिन मेहनतबाट उनी त्यो स्टेजमा पुगेका थिए ।

नतिजा पर्खाइमा उनीसँगै समर्थक पनि थिए । हलमा खचाखच भरिएका दर्शक नेपाल , नेपाल भन्दै हुटिङ गरिरहेका थिए । यत्तिकैमा स्टेजमा उनको नाम घोषणा भयो, उनले ६५ केजी तौल समूहमा कास्य पदक हात पार्न सफल भएका रहेछन् । स्टेजमा नेपालका अफिसल श्याम श्रेष्ठले नेपालको राष्ट्रिय झण्डा उनलाई ओढाई दिए । हल तालीले गुन्जाएमान भयो ।

‘त्यतिबेलाको खुसीको वर्णन गर्ने मसँग कुनै शब्द नै छैन । हुन त मैले यस अघि पनि राष्ट्रिय प्रतियोगिताहरुमा पनि पदक जितेको थिएँ । तर त्यो पदक मेर वा क्लबको लागि मात्र थिएन । देशको लागि थियो,’ यसो भनिरहँदा उनको गला अबरुद्ध भएको थियो।

दक्षिण ऐसियाली प्रतियोगितामा पदक प्राप्त गरिसकेपछि आफ्नो परिचयमा फरक परेको उनको अनुभव छ, सँगसँगै जिम्मेवारीबोध पनि थपिएको महसुस आफूले गरेको प्रज्वल बताउँछन् । अन्य खेलको तुलनामा शारीरिक सुगठन खेल नेपालको भूगोललाई सुहाउँदो खेल रहेको उनको बुझाई छ । यो खेलले विगत केहि वषमा दक्षिण ऐसियाली, एसियाली र विश्व च्याम्पियनसिपमा समेत लगातार पदक जितेर अन्तर्राष्ट्रिय ध्यान तान्न नेपाली खेलाडी सफल भएका छन् । तर पनि यो खेलको विकासका लागि राज्यको हुनपर्ने जति प्रयास हुन नसकेको उनको गुनासो छ ।

विदेशमा शारीरिक सुगठन खेलमा प्रतिस्पर्धा गर्ने खेलाडीको कुनै प्रतियोगितामा जित्ने बित्तिकै निजी क्षेत्र तथा व्यवसायिक प्रतिष्ठानहरु बाट प्रायोजन पाउँछन् । नेपालको सन्दर्भमा यो कुरा अझै धेरै टाढै रहेको प्रज्वलको अनुभव छ । पिता पूर्णमान र माता अन्जना शाक्यको सन्तानका रुपमा २०३९ पौष ९ गते शुक्रबार प्रज्वलको जन्म ललितपुरको पाटनमा भएको थियो।

उनका बुवा व्यवासयी थिए । नेवारी कलामा विशेष रूपमा काम गरिरहेका थिए । आमा मानव अधिकारकर्की । उनको पारिवारिक व्यवसाय बोधिसत्व ग्यालेरी थियो । जहाँ नेवारी कलाकृतिहरु सँग्रह र बिक्री गर्ने काम हुने गर्थो । शाक्य परिवार नेवारी कलाकृति र कलाकारको संरक्षणमा महत्वपूर्ण योगदान रहेको देखिन्छ ।

बोधिसत्व ग्यालरी मार्फत नेवारी कलाकृतिहरूको पेन्टिङ्ग पौभा र मूर्तिकला प्रवद्र्धनमा लागि परेका छन् उनको परिवार । प्रज्वल शुरुदेखि नै चलचित्रका पर्दाहरुमा देखाइने बलिष्ठ शरीर भएका अभिनेताहरू मनपराउने गर्थे । सुगठित शरीर भएका कलाकारहरु अभिनयबाट उनि आकर्षित हुन्थे । बलिष्ठ शरीरले कलाकारको व्यक्तित्व बढाउनुका साथै अभिनयलाई मद्दत पुग्ने उनको विश्वास छ ।

१६ वर्षका उमेरमा छिमेकी दाजु मार्शल आर्टका व्याकबेल्ट संजयसँग गोल्ड जिम पाटनमा प्रज्वल भर्ना भए । अध्ययनका सिलसिला उनी केही वर्ष देश बाहिर समेत बसे । सानैदेखि पढाइमा अब्बल रहेका उनले संयुक्त राज्य अमेरिकाको एन्टिओक कलेजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका छन् ।

नेपाल फर्केपछी उनि डिभाइन फिटनेस सेन्टरमा जान थाले । त्यहाँ रुजेश शाही ट्रेनर थिए । केही महिना पछि रुजेश उनलाइ दोस्रो मिष्टर काठमाडौं हुन लागेको जानकारी गराउँदै सहभागी हुन उत्प्रेरित गरे । यसरी उनको शारीरिक सुगठन खेलयात्राको सुरुवात भएको थियो ।
विगतलाइ स्मरण गर्दै उनी भन्छन्, ‘सन् २०१७ मैले प्रशिक्षक रुजेशका निगरानीमा व्यायाम गरिरहेको थिएँ। रुजेश र ननिता महर्जन पनि विश्व च्याम्पियनसिपको लागि प्रशिक्षणरत थिए । उनीहरुसँग व्यायाम र डाइट प्लान मिलाएर म पनि मिष्टर काठमाडौ शारीरिक सुगठन प्रतियोगिताको तयारी गर्दै थिएँ । उनिहरुको सँगतले मलाई त्यो प्रतियोगितामा नतिजा राम्रो बनाउन ठुलो सहयोग पुग्यो ।’

उनलाई यो खेलमा लागेर पछुतो छैन । प्रत्येक प्रतियोगितामा मेडल जित्दा परिवारले गर्व महसुस गछन्, उनले भने जब म प्रतिस्पर्धाको लागि तयारी गर्छु, म पहिलो दिनदेखि नुनको सेवन बन्द गर्छु। यो सबैभन्दा कठिन कार्य हो। उनी ललितपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेशका कोषाध्यक्ष समेत हुन् । खेलाडीले प्रतिस्पर्धामा गैसकेपछि आफुले स्टेजमा गर्न सक्ने शतप्रतिशत प्रदर्शन गर्ने हो त्यसमा नतिजा जस्तो आएपनि स्वीकार गर्न सक्नुपर्छ भन्छन् प्रज्वल ।

भविष्यको योजना सुनाउँदै उनले भने, गत वर्ष लकडाउन समयमो हामीले बुवा गुमायौं । अहिले हामी परिवार मिलेर व्यवसाय विस्तार गर्ने र बुबाको सपना पूरा गर्ने काममा लागि परेक छौ । केही समयमा नै आर्ट प्रदर्शनीको आयोजना गर्ने सोचमा छौं। अझै पदक जित्ने भोक उनमा कम भएको छैन । ‘सायद बडिबिल्डिंग प्रतियोगिता अन्तिम पटक प्रतिस्पर्धा गर्छु । प्रतियोगिता छाडे पनि सधैं बडिबिल्डिंग खेल क्षेत्रको बिकासमा सामेल भइ नै रहनेछु ।’

शारीरिक सुगठनमा आउन चाहने नयाँ पुस्ताका खेलाडीलाई धैर्यवान हुनु सुझाव दिन्छन् । ‘शरीरलाई परिवर्तन गर्न, मांसपेशिहरूको निर्माण गर्न र मांसपेशि परिपक्वताका लागि वर्षौ परिश्रम गर्नुपर्छ । समर्पण चाहिन्छ,’ उनको सझुाव छ, ‘सकारात्मक सोच भएका व्यक्तिहरूसँग रहनुपर्छ। ट्रेनर अनुसरण गर्नुपर्छन । उचित प्रशिक्षण र पोषणमा ध्यान दिनुपर्छ । स्वस्थ शरीर र दिमागले व्यक्तिगत र व्यावसायिक जीवनमा अधि बढ्न मद्दत गर्छ ।’

प्रज्वलको पदक यात्रा

– दोस्रो जिल्लाव्यापी मिस्टर काठमाडौं शारीरिक सुगठन, रजत पदक (२०७४)

– तेश्रो बुल्समेन राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता पोखरा, कास्य पदक (२०७५)

– जिल्ला व्यापी तेस्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा, स्वर्ण पदक (२०७५)

– सातौ मिष्टर हिमालय, चौथो स्थान (२०७६)

– बाह्रौ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा, कास्य पदक (सन् २०१९)

लेखक श्रेष्ठ रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष हन् ।

सम्पादकीय नोट – यदि तपाईंसँग पनि खेलकुदसँग समबन्धित लेख, रचनाहरु छन् भने हामीलाई इमेलमार्फत वा फेसबुकमा इनबक्समार्फत पठाउन सक्नुहुन्छ ।

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

Success

Thank you for your time.