default_image

4 years ago

June 2, 2021

गण्डकी खेलकुद परिषद्को उपाध्यक्ष नियुक्तमा विवाद

100 views

0 Bookmark

विजय नेपाली, पोखरा

गण्डकी प्रदेश खेलकुद परिषद् गठनमा चरम लापरवाही भएको छ । प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले तेज गुरुङ सदस्य सचिवमा नियुक्त गरेको थियो ।

फाइल तस्बिर

सामाजिक विकास मन्त्री नरदेवी पुनको ( समाजिक मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय अलग हुनु अघि) अध्यक्षतामा प्रदेश खेलकुद परिषद् रहने गरी गरेको नियुक्तिमा अहिले दुई मन्त्रालयबीच विवाद देखिएको छ । सामाजिक विकास मन्त्रालयले आफन्तवाद अनुसार उपाध्यक्षलाई नियुक्त गर्दा खेलकुदमा समस्या आएको स्रोतले बताए ।

खेलकुदको क्षेत्रमा फड्को मार्ने सोचिएको गण्डकी प्रदेशमा उही पुरानै खेलकुदको व्यतिथि दोहोरिदैँ गयो । प्रदेशले गठन गरेको परिषद् देखि जिल्लासम्म पदाधिकारी आउँदा खेलकुदमै जीवन बिताएका पूर्व खेलकर्मीहरु फेरि पनि पाखा लगाइए । पदाधिकारी गठनको समयमा गरिएको मनोनयन प्रति खेलकर्मीनै सन्तुष्टि देखिएनन् ।

विदेशमा भएका व्यक्तिलाई उपाध्यक्षमा नियुक्ति गरेको खुलेको छ । प्रदेश खेलकुदको उपाध्यक्ष नारायण पुन हाल लण्डन रहेको खुलेको छ । उनले अहिले सम्म सपथ लिइ नसकेको बताइन्छ । खेलकुदमा मनोमानि गर्दा परिषद् तथा खेलकुद मन्त्रालयले काम गर्न नसकेको स्रोतले बतायो । सदस्य सचिव एक्लैले काम गरिरहेका छन् । तर उनी पनि केहि बोलेका छैनन् । उनीहरु एउटै पार्टी भएकाले पनि चुप बसेको देखियो ’ स्रोतले भने,‘यस्तै रह्यो भने परिषद्को उपाध्यक्षमा अर्का व्यक्तिलाई नियुक्ति गर्नुपर्छ ।’

स्रोतका अनुसार सामाजिक विकास मन्त्रालयकी मन्त्री पुन र उपाध्यक्ष एकै जिल्लाको बताइएको छ । उनले आफ्नो मान्छे राखेको आरोप छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले यस अघि पोखरा रंगशालाको निरीक्षण गर्ने क्रममा समेत विदेशमा भएका व्यक्तिलाई नियुक्ति दिनु गलत भएको बताएका थिए ।

मन्त्री गुरुङले प्रश्न गरे ‘लण्डनमा भएको मान्छे कसरी उपाध्यक्ष भयो ? लण्डनमा भएको व्यक्तिलाई किन उपाध्यक्ष बनाएको ? मन्त्री गुरुङले यदि एनआरएन कार्ड भएको व्यक्ति रहेको उपाध्यक्ष रहेको पाइएको खण्डमा उनलाई वर्खास्त गर्नुपर्ने धारणा समेत राखेका थिए ।

सोमबार पोखरा रंगशलामा निमार्णधिन खेलकुद परिषद् भवन निरीक्षण गर्ने क्रममा उनले खेलकर्मीहरुलाई समेत प्रश्न गरेका थिए । निरीक्षणको एक भिडियोमा समेत उनले लण्डन भएका व्यक्तिलाई उपाध्यक्ष बनाएको कुरा उल्लेख गरेका छन् । मन्त्री गुरुङले उपाध्यक्षमा पुन नियुक्ति गर्नुपर्ने बताए ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.