4 years ago
May 25, 2021
योमन देवान, जापान
नेपाली समूदायबीच जापानमा आयोजित छैटौं सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक गल्कोट स्पोर्टस क्लबले जितेको छ । गल्कोट समाज जापानलाई २–१ ले हराउँदै आयोजक क्लबले उपाधि जितेको हो ।
सोमबार भएको फाइनलमा गल्कोट स्पोर्टस २५–१९,१७–२५ र २५–२० ले जितेको थियो । विजेता टोलीले उपाधिसहित ३ लाख जापानी येन प्राप्त गरेको थियो । गल्कोट समाजले २ लाख जापानी येन प्राप्त गर्यो । सेमिफाइनल पुगेका एनबिए जापान र एनवाईएफसी क्लब जापानले समान ५० हजार जापानी येन प्राप्त गरे ।
गल्कोट स्पोर्टस क्लबले आफ्नो सातौ बार्षिकोत्सवको अवसरमा जापानस्थित साइतामामा आयोजित प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता नकआउटका आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महेन्द्र भण्डारी उत्कृष्ट स्पाइकर, राजा खत्री उत्कृष्ट ब्लकर, महेन्द्र सहानी उत्कृष्ट सेटर, राजन मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, मनोज केसी उत्कृष्ट क्विकर, विकास केसी उत्कृष्ट सर्भर, मनोज केसी उत्कृष्ट लिबेरो र देवेन्द्र खत्री एत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।
विजेता, उप विजेता टोलीका खेलाडीलाई पुरस्कृत गर्दै समापनका मुख्य अतिथि गल्कोट समाज जापानका अध्यक्ष यम खत्रिले भलिबल प्रतियोगिताको सफल आयोजनाका लागि आयोजकलाई धन्यवाद दिए । खत्रीले गल्कोट समाज जापानले एक करोड येनको अक्षयकोष स्थापनाका लागि प्रयास गरिरहेको र त्यसमा ५० लाख येन संकलन भइसकेको जानकारी दिए । अक्षय कोषबाट भविष्यमा शिक्षा र खेलकुद क्षेत्रमा खर्च गरिने पनि खत्रीले जानकारी दिए ।
समापनमा गल्कोट समाज जापानका महासचिव नवीन निउरे, नेपाल भलिबल संघ जापानका अध्यक्ष रत्नसिंह बस्नेत, एनआरएनए जापानका पूर्व उपाध्यक्ष तथा सल्लाहकार शिवप्रसाद पौडेललगायतको उपस्थिति थियो । दुर्गी खत्री र हिमाल कडेलले सञ्चालन गरेको समापनमा गल्कोट स्पोर्टस क्लबका अध्यक्ष लक्ष्मण कार्कीले प्रतियोगिता आयोजनामा सहयोग गर्ने र सहभागी टोलीलाई धन्यवाद दिए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]