4 years ago
May 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघले नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को परिसरमा आइतबार महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र महासचिव प्रज्वल ओलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
महासंघले ‘कोभिड–नो भिड’ अभियान अन्तर्गत फ्रन्टलाइनरको रुपमा अग्रपङ्तीमा खटिने खेलकुद पत्रकारलाई मास्क, सेनिटाइजर, ग्लोभस लगायतका सामाग्री हस्तान्तरण गरिएको मञ्चले जनाएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष बस्नेतले कोरोनाका बिषम परिस्थितीमा फ्रन्टलाइनरलाई उपलब्ध गराउने स्वास्थ्य सामाग्री मञ्चलाई समेत हस्तान्तरण गरिएको बताए । मञ्चका अध्यक्ष सुवेदीले पत्रकारहरु सधै जोखिममा रहने उल्लेख गर्दै स्वास्थ्य सामाग्री सहयोगका लागि महासंघलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमा महासंघका प्रथम उपाध्यक्ष गोबिन्द भट्टराई, उपाध्यक्षहरु सुभाष श्रेष्ठ, यकेन्द्र कुँवर, प्रभात बिक्रम कट्वाल, महासचिव मेघराज पौडेल, सह–महासचिवद्धय प्रदीप खत्री र नन्दा बस्याल, सचिव उमेश केसी, कोषाध्यक्ष बिनु शर्मा, उपत्यका सचिव केशव वलीको उपस्थिती थियो । महासंघले अभियान अन्तर्गत देशका ५६ जिल्लामा अग्रपङ्ती खटिने फ्रन्टलाइनरलाई स्वास्थ्य सामाग्री वितरण गरिसकेको जनाएको छ ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]