9 years ago
September 11, 2015
काठमाडौा २५ भदौ । आरुणी सेकेण्डरी स्कुलको आयोजनामा दोस्रो श्रीराम स्मृती अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता आगामी भदौ २९ देखि हुने भएको छ ।
पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल हिक्मत दाहालले विद्यालयस्तरको खेलकुदलाई प्रोत्सहान गर्न र समग्र खेल विकासलाई सहयोग पुर्याउन प्रतियोगिताको आयोजना गरीएको बताए । प्रिन्सीपल दाहालले प्रतियोगिताको कुल लागत १ लाख ८३ हजार रहेको जानकारी गराए । असोज २ सम्म संचालन हुने प्रतियोगिताको विजेताले ट्रफि,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई ट्रफि प्रदान गर्ने दाहालले जनाए । बालाजुको बसन्तनगरस्थीत आयोजक आरुणी स्कुलको कोर्टमा हुने प्रतियोगितामा २५ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक असोक काजि थापाले बताए । प्रतियोगिताका सहभागि टिमलाई चार समुहमा विभाजन गरी नकआउटको आधारमा सञ्चालन हुनेछ ।
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतमा जारी पहिलो खो खो विश्वकपमा पुरुषतर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार नेपालले भुटानलाई ९८-८ ले हराउँदै लगातार जित निकालेको होसमूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र […]
January 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा फागुन अन्तिम सातामा हुने भएको छ । बुधबार पुरानो बानेश्वरस्थित सायम कलेजमा आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले लिगमा कुल ४ टोलीको सहभागिता रहने जानकारी दिए । चारै टिममा सायममा बीबीए, बीसीएसआईटी र एमबीएमा अध्ययनरत विद्यार्थी रहने छन् । एक […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]