4 years ago
May 19, 2021
पोखरा (हाम्रो खेलकुद) – राजीव गुरुङ पुनः गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका छन् । दोस्रो पटक मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्री मण्डल विस्तार गर्दा दीपक मनाङेका नामले परिचित गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
वैशाख १६ गते पहिलो पटक मनाङेलाई खेलकुद मन्त्री नियुक्त गरेपछि त्यसको दश दिन पछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए । जसका कारण मनाङेले १० दिन मात्र मन्त्रालय सम्हाल्ने अवसर पाएका थिए । यसअघि समाजिक मन्त्रालयबाट खेलकुदलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय गठन गर्दै मनाङलाई मन्त्री बनाइएको थियो ।
मुख्यमन्त्री गुरुङले ५ सदस्यीय मन्त्री मण्डल विस्तार गर्दा यसअघिकै मन्त्रीहरुलाई निरन्तरता दिएका छन् । किरण गुरुङ,रामशरण बस्नेत, नरदेवी पुन मगर र विकास लम्सालले बुधबार सपथ लिएका थिए । मनाङे भने काठमाडौंमा रहेका कारण सपथमा उपस्थित थिएनन् । अधिकांश यसअघिको मन्त्री परिषद्मा पनि थिए । मनाङबाट खबाट मनाङे स्वतन्त्र नर्विाचित भएका थिए । उनी पछि नेकपा एमालेमा प्रवेश गरेका थिए ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]