default_image

4 years ago

July 18, 2021

ओली लुम्बिनी खेलकुद परिषद्को सदस्य सचिव नियुक्त

375 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तत्कालिन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका छन् । लुम्बनी प्रदेश सरकारको बुधबार बसैको मन्त्री परिषद्ले ओलीलाई सदस्य सचिव नियुक्त गरेको हो । योसँगै १ र २ बाहेक सबै प्रदेश खेलकुद परिषद्ले नेतृत्व पाएको छ ।

२०७६ मा लुम्बनी प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा स्थानिय रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ओली नेकपा एमाले बाँकेका नेता हुन् । केहि साता अघि मात्र प्रधानमन्त्री केपी ओली समूहले पूर्नगठन गरेको नेपाल खेलकुद महासंघका उपाध्यक्ष मनोनित भएका ओली नेपाल भलिबल संघका केन्द्रिय सचिव पनि हुन् । लगातार दुई कार्यकाल उनी भलिबल संघको केन्द्रिय समितिमा रहेका छन् ।

नेपालगन्जमा आयोजना हुने नेपालगन्ज म्याराथन, प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आयोजक टोलीमा रहेर खजुरा गाँउपालिकाका स्थायी बासिन्दा ओली सक्रिय रहँदै आएका छन् ।

प्रदेश खेलकूद विकास ऐन, २०७६ को दफा ३ को उपदफा ३ बमोजिम मिति २०७८०४।०१ देखि लागू हुनेगरी उनलाई प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको सदस्य सचिव पदमा नियुक्ति गरिएको हो । शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तवले नियुक्त गरेका हुन् ।

June 1, 2025

मोना अस्ट्रेलिया कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको आयोजनामा नवौं मोना अस्ट्रेलिया कप भलिबल तथा बास्केटबल प्रतियोगिता अर्काे साता हुने भएको छ । दुई दिने प्रतियोगिता लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा जुन ७ र ८ तारिख ( जेठ २४ र २५ गते ) मा हुनेछ । प्रतियोगितामा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, ३५ […]

May 31, 2025

रिशोनलाई अन्तर्राष्ट्रिय बुद्धिचाल उपाधि 

काठमाडौं (हाम्रो खेलकुद)- रिशोन थापाले काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नविन्द्र राज जोशीको स्मृतिमा आयोजित दोश्रो फिडे र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। काठमाडौं महानगरपालिका वडा नं. २४ ले दुई दिन सञ्चालन गरेको १९ सय रेटिङ्ग मुनि बुद्धिचाल स्पर्धामा नेपालका रिशोनले फिलिपिन्स, भारत, अमेरिका र इङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन् ।  १६ […]

May 31, 2025

कान्तिपुर हाफ म्याराथन – सन्तोषी र खडक च्याम्पियन

काठमाडौंं (हाम्रो खेलकुद)- ओलम्पियन धाविका सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका धावक खडकबहादुर खड्काले १३ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन्। दुवै पहिलो पटक च्याम्पियन भएका हुन् । राजधानीमा शनिवार खडकले १ घन्टा ६ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरेका थिए । धादिङकी सन्तोषीले १ घन्टा २३ मिनेट २८ सेकेन्डको टाइमिङ निकालेकी हुन् । […]

Success

Thank you for your time.