4 years ago
May 9, 2021
विजय नेपाली, पोखरा
गण्डकी प्रदेश खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) पद मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाएर प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए । मुख्य मन्त्री गुरुङले आइतबार राजीनामा दिएसँगै गण्डकी प्रदेशमा नयाँ सरकारका लागि आव्हान भएको छ ।
मनाङ ख बाट स्वतन्त्र जित हासिल गरेका मनाङे पटि नेकपामा प्रवेश गरेका थिए । नेकपा फुटेपछि गण्डकी प्रदेशमा रहेको ओली गुटका मुख्य मन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि गुरुङको सरकार ढल्ने निश्चित थियो । सोमबार गण्डकी प्रदेशमा अविस्वास प्रस्तावमाथि मतदान हुने भएपछि मुख्यमन्त्री गुरुङले आइतबार नै राजिनामा दिएका थिए । अविश्वासको प्रस्ताव पास हुने देखिएपछि एक दिन अघि नै उनले राजीनामा गरेका हुन् ।
मनाङका जनताले आफुलाई मुख्यमन्त्री कै पक्षमा रहन भनेको भन्दै प्रदेश सभासदस्य मनाङले मुख्यमन्त्रीको साथ दिएका थिए । साथ दिएसंगै मनाङेलाई नयाँ मन्त्रालय बनाइ कार्यभार सम्हाल्न दिइएको थियो । १० दिन अघि वैशाख १६ गेत मनाङेले पदभार सम्हालेका थिए । पदभारसम्हाले लगत्तै खेलकुद मन्त्री मनाङेले दुइ हप्तमै सरकार ढल्न सक्ने बताएका थिए ।
‘सरकार भनेको कामै छैन दुई हप्तामै जान सक्छ । मेरो सोच के छ भने दुई हप्ता भएपनि दुइचार ओटा काम गर्ने हो । जो नयाँ मान्छे आउँदा पनि त्यो काम गरोस न ।’ सत्ता पक्ष वा विपक्ष रोज्ने छुट हुदँ हुदैँ उनले सत्तापक्ष रोजेका थिए । यद्यपी उनी अब बन्ने सरकारमा पनि जान सक्ने आकलन गरिएको छ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]