4 years ago
April 22, 2021
तातोपानी (हाम्रो खेलकुद) – एनभिए लिग विजेता होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब समूह ‘ए’ को विजेता बन्दै भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लिग चरणमा दुवै खेलमा जित निकाल्दै डायमन्डले अन्तिम चारको यात्रा तय गरेको हो । लिगको अन्तिम खेलमा डायमन्डले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै समुहमा अपराजित रह्यो । डायमन्ड समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । आर्मी पहिलो खेलमा डायमन्डसँग पराजित हुदा दोस्रो खेलमा ढोरपाटनलाई हराएको थियो ।
युवा खेलाडीलाई अवसर दिएको खेलमा डायमन्डले पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि २५–१२ को सेटमा जित निकाल्दा तेस्रो सेटमा पनि २५–१२ कै जित निकालेको थियो । ढोरपाटनविरुद्ध डायमन्डकी पनामिका राई प्लेयर अफ दि म्याच चुनिइन् । उनले २ हजार रुपैयाँ हात पारिन् ।
प्रतियोगितामा ५ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा होङ्गान्जी न्यु डायमन्ड, त्रिभुवन आर्मी र ढोरपाटन ट्रेनिङ सेन्टर छन् । त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब रहेका छन् । लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता डायमन्डले समूह ‘बी’ को उपविजेता नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । अर्काे सेमिफाइनलमा समूह ‘बी’ को विजेता एपिएफ र समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो सेमिफाइनल शुक्रबार बिहान ८ बजे र दोस्रो सेमिफाइनल बिहान १० बजे हुनेछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]