default_image

4 years ago

April 22, 2021

स्पोर्टस् युनिभर्सको दोस्रो आउटलेट खुल्यो

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– स्पोर्टस् युनिभर्सले खेलकुदका विभिन्न ब्रान्डका सामाग्रीसहितको दोस्रो आउटलेट सुरु गरेको छ । स्पोर्टस् युनिभर्सले ६ वर्षअघि नयाँ बानेश्वरको शंखमुल जाने बाटोमा सिटिजन बैंक रहेको भवनमा आफ्नो पहिलो आउटलेट सुरु गरेको थियो । सोही भवनको ग्राउन्ड फ्लोरमा दोस्रो आउट लेट सुरु गरिएको हो ।

कीर्तिमानी धावक जीतबहादुर केसी, वैकुण्ठ मानन्धर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र कलाकार तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको पहल गरिरहेको धुर्मस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले संयुक्त रुपमा आउटलेटको उद्घाटन गरेका छन् ।

केसीले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेका थिए । मानन्धरले दक्षिण एसियाली खेलकुद (साग) को पहिलोदेखि तेस्रो संस्करणमा म्याराथनमा लगातार ३ स्वर्ण जितेका थिए । उनको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अझै कायम छ । श्रेष्ठले आठौं र नवौं सागमा स्वर्ण पदक जितेका थिए ।

स्पोर्टस् युनिभर्स नेपाली ब्रान्ड गोल्ड स्टारसहित पिक, एक्सटेप, इरिक, युएसआई, निभिया र कोक्सटन्सको आधिकारिक विक्रेता हो । आउलेटमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, साइक्लिङ, तेक्वान्दो, कराते, बक्सिङ, टेबल टेनिस, ब्याडमिन्टन, किक बक्सिङ लगायतका सबै खेलका खेल सामाग्री पाइने स्पोर्टस् युनिभर्सले जनाएको छ ।

ओलम्पियन दीपक विष्ट, आत्मराम श्रेष्ठ, राजु अवस्थी किशोर जोशीले संयुक्त रुपमा स्पोर्टस् युनिभर्स सञ्चालन गर्दै आएका छन् । स्पोर्टस युनिभर्सले आवश्यकता अनुसार जर्सी र अन्य खेल सामाग्री समेत तयार गर्दै आएको छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै स्पोर्टस् युनिभयर्सले आफ्नो आउटलेट विस्तार र धेरै ब्रान्डका खेल सामाग्री एकै ठाँउमा उपलब्ध गराउने प्रयास स्वरुप दोस्रो आउटलेट सुरु गरेको बताएको छ ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.