4 years ago
April 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघमा समानान्तर कमिटी गठन भएको छ । एमालेका झलनाथ खनाल र माधव नेपाल समूहको पक्षमा रहेको पुरुषोत्तम पौडेल अध्यक्ष रहेको महासंघ हुँदा हुँदै मंगलबार अर्को ५ सय ५१ सदस्यीय कमिटी गठन भएको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षको मंगलबार राष्ट्रिय सभागृहमा आयोजित राष्ट्रिय भेलाले रमेश पौडेलको अध्यक्षतामा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पर्शुराम बस्नेत, राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, राखेप सदस्य सुवास श्रेष्ठ, गोविन्द भट्टराई, मानदेव हजारा, तत्कालिन मध्यपश्चिम खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओली, दीपेन्द्र दाहाल, विक्रम कट्वाल, सुदर्शन गुरुङ, ध्रुब आचार्य, चेतनराज गिरी र ओम प्रसाई चयन भएका छन् ।
सभाले नेपाल क्लाइम्बिङ संघका महासचिव मेघराज पौडेललाई खेलकुद महासंघको महासचिवको जिम्मेवारी दिएको छ । त्यस्तै महासंघको उप महासचिवमा राखेप कार्यकारी सदस्य नन्दा बस्याल, सान्ता माया परियार, प्रदीप खत्री, धर्म लामा लगायतका छन् ।
प्रधानमन्त्री ओलीले भेलाको उद्घाटन गर्ने भनिएपनि अन्तिम समयमा उनी गएनन् । पूर्व मन्त्री कर्णबहादुर थापा र नेकपा एमालेका केन्द्रीय सदस्य लीलबहादुर थापाले भेलाकोसंयुक्त उद्घाटन गरे । कार्यक्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेज गुरुङलगायतको उपस्थिति थियो ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]