default_image

4 years ago

April 19, 2021

एमालेको खेलकुद महासंघमा अर्को समिति बन्ने निश्चित !

66 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– सरकारले समारोहमा २५ जना भन्दा बढी भेला गर्न नपाउने निर्णय सोमबार सार्वजनिक गरेको छ । अर्को तिर सरकार चलाई रहेको नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले भने मंगलबारका लागि राष्ट्रिय भेला आयोजनाको घोषणा गरेको छ । त्यो पनि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीकै प्रमुख आतिथ्यतामा राष्ट्रिय सभा आयोजना गरिने संयोजक रमेश पौडेलले सोमबार पत्रकार सम्मेलनमा बताएका छन् ।

कोरोनाको नयाँ भेरियन्ट देखिन थालेपछि सरकारले दर्शकसहितको खेलकुद प्रतियोगिता आयोजना गर्न नपाउने निर्णय पनि गरिसकेको छ । त्यस्तै विवाह, ब्रतबन्धलगायत समारोहमा २५ भन्दा बढी भेला गर्न नपाउने निर्णय सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री पार्वत गुरुङले सोमबार जानकारी गराएका थिए ।

यता खेलकुद महासंघ भेलाका संयोजक पौडेलले भने राष्ट्रिय सभामा आयोजना गरिने भनिएको भेलामा भौतिक दूरीलाई ख्यालमा राखेर भेला आयोजना गर्ने बताएका छन् । सभामा ६६ जिल्लाका एक हजार भन्दा बढीले सहभागिता जनाउने बताइएको छ । पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल अध्यक्ष रहेको खेलकुद महासंघ हुँदा हुँदै अलग्गै राष्ट्रिय भेलाको आयोजना हुन लागेको हो । एमालेको आन्तरिक विवादको अवसर अब खेलकुदको भातृ संथठनमा पनि परेको छ ।

संयोजक पौडेलले अध्यक्ष पौडेललाई राष्ट्रिय भेलाको अध्यक्षता गर्नका लागि सार्वजनिक अपिल पनि गरेका छन् । ‘म पुरुषोत्तम पौडेल र उहाँसँगै बाटो विराउनेहरुलाई आग्रह गर्न चाहन्छु । तपाईहरु गलत बाटोमा हुनुहुन्छ,’ उनले भने,‘ केपी ओलीले नेतृत्व गरेको पार्टीको मुलधारमा आउन म सबैलाई आग्रह गर्न चाहन्छु ।’

उनले पौडेलको नेतृत्वमा महासंघले गति लिन नसकेको आरोप समेत लगाएका छन् । मैले उहाँलाई विगतमा पनि महासंघलाई गति दिन भनेको थिए । तर गर्नुभएन, संयोजक पौडेलले भने,‘ महासंघको विगतको इतिहास भनेको केपी ओलीको विरोधका लागि सक्रिय रह्यो ।’
राष्ट्रिय भेलाले केन्द्रिय समितिको गठन गर्दै माहाधिवेशनको मिति तोक्ने पनि जानकारी दिए । उनले आउने दिनमा एकै दिन ७७ जिल्लमा एकै दिन जिल्ला कमिटी गठन हुने समेत दाबी गरे ।

पुरुषोत्तम पौडेलको अध्यक्षतामा २०६६ मंसिर १४ गते महासंघको स्थापना भएको थियो । विवादमा रहेको एमालेमा झलनाथ खनाल र माधव नेपाल पक्षले जिल्ला कमिटी र भातृ संगठनका समानन्तर समिति गठन गर्दै आएका छन् । खेलकुदमा कमजोर रहेको ओली पक्षले भने महासंघको समान्तर कमिटी गठनको गर्ने लगभग निश्चित गरेका छन् । संयोजक पौडेलले भने ओलीको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक भएकोले महासंघ त्यहि अनुसारको आधिकारिक भएको दाबी गरेका छन् ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.