default_image

4 years ago

April 18, 2021

झापामा राष्ट्रपति रनिङ सिल्डमा भद्रपुर विजेता

114 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ । आइतबार सम्पन्न तीन दिने प्रतियोगितामा भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ ।

भद्रपुरले एथ्लेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा १ स्वर्ण जितेको हो । त्यस्तै, एथ्लेटिक्समा ३ र उसुमा २ रजत जितेको छ । एथ्लेटिक्समा ४, तेक्वान्दो र उसुमा १/१ कास्य जितेको छ । दोस्रो हुने अर्जुनधाराले ८ स्वर्ण, १० रजत र ६ कास्य पदक जितेको छ । एथ्लेटिक्समा ३, तेक्वान्दोमा ३ र उसुमा २ स्वर्ण जितेको छ । एथ्लेटिक्समा १, करातेमा २, तेक्वान्दोमा ३ र उसुमा ४ रजत जितेको छ । एथ्लेटिक्समा १, करातेमा १ र तेक्वान्दोमा २ र उसुमा २ कास्य जितेको छ ।

तेस्रो भएको मेचीनगरले ५ स्वर्ण, ७ रजत र ११ कास्य पदक जितेको छ । एथ्लेटिक्समा २, करातेमा २ र तेक्वान्दोमा १ स्वर्ण जितेको हो । एथ्लेटिक्समा ३, भलिबलमा १, तेक्वान्दोमा ३ रजत जितेको छ । एथ्लेटिक्समा ४, करातेमा १, तेक्वान्दोमा ६ कास्य जितेको छ । यसैबीच, दमकले ५ स्वर्ण, ३ रजत र २ कास्य जितेको छ भने शिवसताक्षीले ५ स्वर्ण, २ रजत र ३ कास्य जितेको छ । कमलले ५ स्वर्ण, २ रजत र १ कास्य, बिर्तामोडले ३ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ ।

कनकाईले १ स्वर्ण, ५ रजत र ३ कास्य, बाह्रदशीले १ स्वर्ण, ४ रजत र ६ कास्य, गौरादहले १ स्वर्ण र २ कास्य, कचनकवलले १ रजत र १ कास्य, बुद्धशान्तिले १ रजत र ५ कास्य, हल्दिबारीले १ रजत र ३ कास्य, गौरीगञ्जले १ रजत र १ कास्य जितेको छ । झापा गाउँपालिकाले एउटा पनि पदक जित्न सकेन ।

झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाबाट छानिएर आएका खेलाडीले जिल्लाको छनोट प्रतियोगितामा भाग लिएका थिए । राष्ट्रपति रनिङ शिल्डमा विभिन्न ६ विधामा प्रतिस्पर्धा भएको झापा जिल्ला खेलकुद विकास समितिका प्रमुख टहल मैनालीले बताए । एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका प्रतिस्पर्धाबाट ७६ जना खेलाडी छनोट भएका छन् । ६ वटै विधामा छात्र र छात्राको अलगअलग सहभागिता र प्रतिस्पर्धा रहको थियो । छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोटमा भाग लिन पाउने मैनाली जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा १३ इभेन्टस्, कराते, तेक्वान्दो र उसुमा चारचार इभेन्टस् भएका थिए । जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडीले वैशाख १० र ११ गते प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने छन् । प्रदेशमा छानिएको खेलाडीले वैशाख २९ गतेबाट हुने राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्नेछन् ।

झापामा जिल्लास्तरीय छनोटमा खेलाडी, प्रशिक्षक र अफिसियल गरेर झन्डै एक हजार पाँच सयजना सहभागी रहेका थिए । प्राविधिक, निर्णायक र रेफ्री मात्र १५० जना थिए । झापामा एथ्लेटिक्सबाट ११/११ जना छात्रछात्रा, कबड्डी र भलिबलबाट ९/९ जना छात्रछात्रा तथा कराते, तेक्वान्दो र उसुबाट ३÷३ जना छात्रछात्रा गरी ७६ जना खेलाडी छनोट भएको मैनालीले बताए । प्रत्येक खेलबाट एकएक जना गरी ६ जना प्रशिक्षक र एकजना टोली नेताले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगिता भद्रपुरस्थित मेची रंगशालामा भएको थियो ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.