4 years ago
April 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पोल्याण्डमा जारी आईबा युथ मेन्स एन्ड वमन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपको प्रिलिमिनरी बक्सिङ बाउट लाइट फ्लाइट वेट ४८ केजी तौल समूहमा सुष्मा तामाङले सफलता हासिल गरेकी छन् ।
सुष्मा लिथुआनियाकी बजाल्याते डिजालाई तेस्रो राउन्डमा आरएसीको आधारमा पराजित गर्दै क्वार्टरफाइनल पुगेकी हुन् । पहिलो राउण्न् देखि नै निकै आक्रमक रुपमा विपक्षी खेलाडी माथि आफ्नो प्रभाव देखाउन सफल सुष्मले दोस्रो राउण्डमा झनै राम्रो प्रदर्शन गरेकी थिइन् ।
तेस्रो राउन्डमा सुष्माको कडा प्रहारले लुथियानाकी बक्सरलाई रेफ्रीले दुईपटक काउण्ट दिदै खेल नै स्थगित गर्दै उनलाई आर एस सी को आधारमा विजयी घोषित गरेकाथिए । अब सुष्माले आयोजक पोल्याण्डकी खेलाडि कुजेत्स्का नातालिया डोमिल्कासँग प्रतिस्पर्धा गर्नेछिन् । सुष्माले त्यो खेलमा सफलतहा सिल गरेमा नेपालले आईबा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक पदक जित्नेछ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]