4 years ago
April 17, 2021
हिमाल खरेल,बिर्तामोड
गएको एक वर्ष कोरोना भाइरसका कारण ठप्प बनेको खेलकुद क्षेत्र यो सालमा जुर्मुराउन थालेको छ । यसैको संकेत हो झापाको बिर्तामोडमा हुन लागेको ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’ ।
सातवटा प्रदेश, तीनवटा विभागीय टिम र आयोजक गरी ११ टिमले सहभागिता जनाउने प्रतियोगिता बैशाख २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए ।
खेल संयोजक दिपेन धिमालका अनुसार तौल समूहका आधारमा ६ वटा पुरुष समूह र ४ वटा महिला समूह गरी १० वटा तौल समूहबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा खेलाडीसहित १ सय ५० जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ बिर्तामोडस्थित मेहरमान स्मृति प्रतिष्ठानको कभर्ड हलमा प्रतियोगिताको आयोजना गर्न लागिएको वीरता जेसीजका महासचिव एलसी श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताका लागि १९ लाख २५ हजार रुपैयाँको खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका विजेता टोलीले मेडल, ट्रफी, मायाको चिनो तथा प्रमाणपत्रसहित एक लाख रुपैयाँ पाउने छन् ।
राष्ट्रियस्तरका प्रतियोगितामा तेक्वान्दोले प्रवेश पाए पनि अन्तर्राष्ट्रिय खेलमा औपचारिक प्रवेश भने आठौँ दक्षिण एसियाली खेलकुद (साग) बाट पाएको थियो । १९९९ को सेप्टेम्भर २५ देखि अक्टुबर ४ सम्म काठमाडौँमा भएको प्रतियोगितामा नेपालले ३१ स्वर्ण जित्दा १४ वटा स्वर्ण तेक्वान्दोले ल्याएको थियो । त्यस्तै, २ रजत पदक जितेको थियो ।
सन् २००४ मा पाकिस्तानमा भएको नवौँ सागमा तेक्वान्दोले ६ स्वर्ण, २ कास्य, सन् २००६ मा श्रीलंकामा भएको १० औँ सागमा २ स्वर्ण, ३ रजत र एक कास्य, सने २०१० मा बंगलादेशमा भएको ११ औँ सागमा २ स्वर्ण, २ रजत र २ कास्य जित्न सफल भएको थियो ।
सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा तेक्वान्दोले ७ रजत र ३ कास्य तथा २० वर्षपछि पुनः नेपालमा भएको १३ औँ सागमा १२ स्वर्ण, ६ रजत र १० कास्य (ग्योरिगी र पुम्से दुवै गरी) जितेको थियो ।
तेक्वान्दो खेल प्रति खेलाडीको उत्साह बढ्दै गएपछि झापामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोजिता गर्न लागिएको हो । कोरोनाको संक्रमण बढ्दै गएमा प्रतियोगिताको तालिका हेरफेर हुन सक्ने आयोजकले जनाएको छ ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ललितपुरले बुधवार बनेपा वडा नं ९ लाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो। बुढानिलकण्ठ भलिबल क्लब, टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र प्रोफेसनल कन्सल्टेन्सी पनि सेमिफाइनलमा पुगेका छन्। बनेपाको […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्। आज भएको उद्घघाटन खेलमा डिफेन्डिङ च्याम्पियन गोर्खलीले गत वर्षको उपविजेता एपिएफलाई प्रतिस्पर्धात्मक खेलमा १४-१२ स्कोरले पराजित गर्यो। त्यसैगरी दोस्रो खेलमा आर्मीले एकपक्षिय खेलमा नेपाल पुलिस क्लबलाई ४९–३ को फराकिलो स्कोरले हरायो ।नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]