default_image

8 years ago

October 21, 2016

भावना र विपना फाइनलमा

113 views

0 Bookmark

काठमाडौं, कात्तिक ५ गते ।

डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र विपना ब्लोन चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

squas

सातदोबाटोमा भएको सेमिफाइनलमा भावनाले सपना ब्लोनलाई ११–३, ११–६ र ११–३ तथा विपनाले स्वस्थानी श्रेष्ठलाई ११–१, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे । जुनियर ब्वाइज यु–१३ सिंगल्समा रन्जित थापाले सविन थापा मगरलाई ११–७, ११–४, ६–११ र ११–५ तथा गोपाल थापाले विकास मगरलाई ११–५, ११–४ र ११–२ को सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

जुनियर ब्वाइज यु–१९ सिंगल्समा दीपक थापा र अमिर ब्लोन उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा दीपकले विजय मगरलाई ११–९, ११–५ र ११–४ तथा अमिरले रोशन लामालाई ११–६, १४–१२, ८–११ र ११–८ को सेटमा पाखा लगाए ।
भेट्रान ५० वर्षमाथि डिफेन्डिङ च्याम्पियन सुदीपबहादुर सिंह र बेलायतबाट आएका ब्रिटिस गोर्खामा कार्यरत याम रानाले फाइनल यात्रा तय गरे । सुदीपले महेन्द्र महर्जनमाथि ११–१, ११–० र ११–५ को सहज जित दर्ता गरे भने यामले लालबहादुर गुरुङको चुनौती ११–४, १२–१० र ११–६ ले समाप्त पारे ।

विश्व स्क्वास दिवसको अवसरमा नेपाल स्क्वास ¥याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्सको प्लेटतर्फ धीर पुन र विनोदरत्न शाक्याले उपाधि भिडन्त पक्का गरे । पुरुष सिंगल्सको सेमिफाइनल हीराबहादुर थापा र साविक विजेता अरहान्तकेशर सिं तथा प्रवीणवीरसिंह कंशाकार र साविक उपविजेता अमृत थापा मगरबीच हुनेछ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.