default_image

4 years ago

April 15, 2021

१४ जिल्लाका खेलकुदमा सहभागी नहुने अपिल !

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– उपत्यकाका ३ जिल्लासहित १४ जिल्ला कोभिड १९ का अति प्रभावित जिल्ला भएकाले त्यहाँ हुने खेलकुदमा सहभागी नहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।

यो र अर्को सातामा काठमाडौंमा ठूला दुई प्रतियोगिता सुरु हुने क्रममा रहँदा स्वास्थ्य मन्त्रालयले भने त्यस्ता भीड हुन ठाँउमा सहभागी नहुन बिहीबार अपिल गरेको छ । शनिबारबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच त्रिकोणात्मक टि ट्वान्टी अन्तर्राष्ट्रिय हुँदैछ । त्यसका लागि विदेशी २ टोली नेपाल आइसकेका छन् । त्यस्तै वैशाख ११ गते देखि दशरथ रंगशालामा ७ टोलीको सहभागितामा फ्रेन्चाई लिग खुकुरी नेपाल सुपर लिग सुरु हुँदैछ ।

खेलकुद प्रतियोगिता आयोजनाका लागि भने सरकारले रोक लगाएको छैन । नेपाल सरकार सचिवस्तरको निर्णयअनुसार गरिएको अपिलमा भनिएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ छन् ।

यी १४ जिल्लामा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अनिलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, आदी स्थलहरुमा सहभागि नभई दिन हुन भन्दै मन्त्रालयले अपिल गरेको छ । सार्थ जनस्वास्थयका मापदण्डहरु कडाईका साथ पालना गर्नका लागि पनि भूमिका निर्वाह गर्न मन्त्रालयले आग्रह गरेको छ ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.