default_image

4 years ago

April 13, 2021

मञ्चद्वारा राणा सम्मानित र थापा पुरस्कृत

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चले वरिष्ठ पत्रकार अजय राणालाई खेल पत्रकारिता सम्मान र मञ्चका सदस्य सञ्जय थापालाई सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

मञ्चको मंगलबार भएको १६ औं वार्षिक साधारण सभामा उनीहरुलाई सम्मानित र पुरस्कृत गरिएको हो । नेपालले केहि वर्षयता पुराना खेल पत्रकारलाई सम्मान गर्दै आएको छ । त्यस्तै ३ वर्षयता मञ्चले अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहनका रुपमा युवा खेलकुद पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । अनुजतर्फ सम्मानित थापाले ताम्रपत्र सहित ल्यापटप प्राप्त गरे । अग्रजतर्फ राणालाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरियो ।

साधारण सभाले महासचिव प्रज्वल ओलीले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र कोषाध्यक्ष अञ्जन खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरेको थियो । त्यस्तै साधारण सभाले संविधानको मर्म अनुसार मञ्चलाई संघीय संरचनामा लैजाने सैद्धान्तिक निर्णय गरेको छ । यस्तै, कार्यविधि निर्माणका लागि पूर्व अध्यक्ष निरञ्जन राजवंशीको संयोजकत्वमा ३ सदस्यीय कमिटि गठन गर्यो ।

यस्तै, बैठकले मञ्चको पुराना सदस्यतालाई व्यवस्थित गर्न महासचिव तथा संगठन विभाग प्रमुख प्रज्जवल ओलीको संयोजकत्वमा समिति गठन गरेको छ । उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा एसोसियटबाट केन्द्रिय सदस्यमा निर्वाचित सदस्यलाई बधाई तथा सम्मान गरिएको थियो ।

युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ्गको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । विशेष अतिथीमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवंम संघीय संसदका सांसद जीवनराम श्रेष्ठ, अतिथीहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, सचिव पवन आचार्य रहेका थिए ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.