4 years ago
April 11, 2021
नुवाकोट (हाम्रो खेलकुद) –नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा वैशाख १ गते रेस्लिङको महाभिडन्त रेस्लिङ हुने भएको छ । आरडब्लु समर स्लाईम अन्तर्गत नयाँ वर्ष को अवसरमा नेपाल रिङ रेसलिङ संघको आयोजना र शिवपुरी गाउँपालिकाको सह आयोजना रेस्लिङ हुन लागेको हो ।
बुधबार दिउँसो २ बजेदेखि सुरु हुने भिडन्तमा हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टानबीच प्रतिस्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै लाइट हेभी तर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे भिड्नेछन् । महिला तर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त हुनेछ भने हार्ड कोर तर्फ द युब र थागु भिड्नेछन् । प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने छन् ।
सूर्य चौरमा भएको पत्रकार सम्मेलानमा संघकी महासचिव सुर्वण श्रेष्ठ र कोषाध्यक्ष कमल तामाङ लगायात शिवपुरी गाउँपालिकाका अध्यक्ष राम कृष्ण थापा सहित वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । काठमाडौदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सुर्य चौरलाई थप पहिचान दिलाउन नेपाल रिङ्ग रेस्लिङ्ग संघ को आयोजना, गाउँपालिकाको सह आयोजना र राष्ट्रिय खेलकुद परिषद, खेलकुद विकास परिषद बागमती प्रदेश को सहयोगमा उक्त प्रतियोगिता गर्न लागीएको संघले जनाएको छ।
प्रतियोगितामा १६ खेलाडीहरुले ५ वटा समुहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको लाईट वेट तौल समुहको विजेताले ८ हजार, ट्रिपल थ्रेटले १० हजार, लाईट हेभी वेटको विजेताले १२ हजार, हार्डकोरका विजेताले१५ हजार र हेभी वेट विजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]