4 years ago
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता उसुका मंगलप्रसाद थारु वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीको सेमिफाइनलमा पुगेका छन् ।
गोदावरी नगरपालिका चापागाउँमा जारी प्रतियोगितामा एपिएफका मंगलले आयोजक लिलतपुरका सन्तोष मगरलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । त्यसअघि सोही स्पर्धामा नेसनल मुवाँथाईका अब्राहम राई, बक्समान्डुका मनीषकुमार भुजेल र नेपाल आर्मीका कमल आचार्य विजयी हुँदै सेमिफाइनलमा पुगेका थिए ।
पुरुष ६५ केजीमा आर्मीका राजेश चौधरी र आर्मीकै सन्तोषकुमार लामा, ७० केजीमा नेसनल किक बक्सिङका गोरख इनेरा र आर्मीका सनीसिंह सुनार, ७५ केजीमा आर्मीका दलबहादुर घले र एपीएफका अनिष शाही तथा खुला तौलसमूहमा नेसनल किक बक्सिङका विजय तामाङ र एपीएफका सन्जिव महर्जन फाइनलमा प्रवेश गरका छन् ।
पुरुष ५० केजीमा मुवाँथाईका कविर देसार, एपीएफका रोशन अछामी, आर्मीका धर्मेन्द्र राम र राजेन्द्र लामा सेमिफाइनलमा पुगे । ५५ केजीमा मुवाँथाईका दावा कुन्जे शेर्पा, एपीएफका रोहित छनारो, नेसनल किक बक्सिङका मनोज राना मगर र एपीएफका तीर्थराज थापाले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको महिला ५० केजीमा एपीएफकी गौरी घर्ती मगर र रेज फिट्नेसकी तेजी गुरुङ, ५५ केजीमा एपीएफकी विद्या गुरुङ र आर्मीकी मनीषा प्रधान फाइनल पुगेका छन् ।
त्यस्तै, ६० केजीमा सिभानी श्रेष्ठ र एपीएफकी निशा विक, ६५ केजीमा आर्मीकी विद्या बोहरा र आर्मीकै मन्जु विक तथा खुला तौलसमूमा एपीएफकी मनीषा रावत र आर्मीकी विन्दु पुन मगरले उपाधि भिडन्त पक्का गरे । तीन दिने प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]