4 years ago
April 8, 2021
ललितपुर (हाम्रो खेलकुद) – दोलखा चेसका खेलाडी मिलन लामाले ६४ औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।
मिलनले बिहीबार भएको फाइनलमा नोभा साकोस ललितपुरका सुदीप तामाङ दुवैले एक एक खेल जितेका थिए । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकमा मिलनले दुवै खेल जितेर च्याम्पियन बनेका हुन् । मिलनले यामाहा मोटरसाइकल र सुदीपले ६० हजार रुपैयाँ प्राप्त गरे ।
ललितपुरको ताम्रकार भवनमा भएको प्रतियोगितामा सुन्दर साकोस हेटौडाका एसियन एमेच्योर चेस च्याम्पियन कृष्ण थापाले गजुरमुखी चेस क्लब राजन सुबेदीलाई टाइब्रेकमा पराजित गर्दै तेश्रो भए । कृष्णले ३० र राजनले २० हजार रुपैयाँ पाए । ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको लिगतर्फ दोलखा चेसका सुमित पन्त ७ अंकका साथ विजेता बने र उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।
समान साढे ६ अंक भएपनि प्रोग्रेसिव टाइब्रेकअनुसार गजुरमुखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभण्डारी दोश्रो भएर १५ हजार, गजुरमुखीकै प्रकाशचन्द्र नेपाल तेश्रो भएर १० हजार, ललितपुरका राजन पुरी चौथौं भएर ८ हजार, सुर्योदय साकोस ललितपुरका सुमन राइ पाँचौं ७ हजार र सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ छैटौं भएर ६ हजार रुपैयाँ पाए ।
समान ६ अंक भएपनि प्रोग्रसिव टाइब्रेकर अनुसार माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका फिडेमास्टर क्षितिज भण्डारी, करुणामय साकोस ललितपुरका प्रेमकृष्ण महर्जन, कामना साकोसका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, गोल्डेन गेट कलेजका निकेन कुसाथा, हेटौडा चेस क्लबका सुरवीर लामा, एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका अर्जुन घिमिरे, मुस्कान साकोस ललितपुरका सुशिल चौधरी, काठमाण्डौ चेस क्लबका फिडे ट्रेनर केशव श्रेष्ठ र जनता साकोस ललितपुरका सजिन महर्जन उत्कृष्ठ पन्ध्रौं भए । उनीहरुले समान ५ हजार रुपैयाँ पाए ।
प्रतियोगितामा महिलातर्फ करुणामय साकोस ललितपुरकी विनिता कपाली प्रथम भइन् । उनले १० हजार रुपैयाँ हात पारिन् । त्यस्तै प्रचलित साकोस ललितपुरकी अनिषा न्यौपाने दोश्रा भै ८ हजार रुपैयाँ पाइन् । मिशन युथ क्लब टोखाकी पूर्णिमा गुरुङ्ग तेश्रा भइन् । यस्तै पूर्व नेपाल त्याम्पियन बद्रिलाल नेपाली भेट्रान उत्कृष्ट र ओलम्पियाड खेलाडी नेसनल डेभलपमेन्ट साकोस ललितपुरका दीर्घराज जोशी भेट्रान दोश्रा भए । उनीहरुले क्रमशः ५ र ४ हजार रुपैयाँ पाए ।
१६ बर्षमुनी उमेर समुहमा मेरिडियन इन्टरनेशनल स्कुल बालुवाटारका १२ बर्षीय छात्र पुरुषोत्तम सिलवाल प्रथम, श्री राज एकता सन्जाल कपनका सम्पूर्णराज न्यौपाने दोश्रा र मिशन युथ क्लब टोखाका आश्चर्य चौधरी तेश्रा भए । १८०० मुनी रेटिङ्गसमुहमा सिलुलाइट साकोस लुभुका कमल श्रेष्ठ प्रथम, स्वर्णीम साकोस ललितपुरका सुश्रुत दाहाल दोश्रा र एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका मिनबहादुर लामा तेश्रा भए ।
१६०० मुनी रेटिङ्गसमुहमा नेपाल टेलिकमका गोबिन्द खड्का प्रथम, काभ्रेका खोमप्रसाद तिमिल्सिना दोश्रा र सहश्रधारा साकोस बानेश्वरका हेम भण्डारी तेश्रा भए ।
प्रतियोगिताका विजयी तथा सहभागी खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष एवं नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनको सभापतित्वमा एक समारोहबीच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ, फिडे इथिक्स कमिटी सदस्य राजेशहरि जोशी, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ लगायतले पुरस्कृत गरे ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]