default_image

4 years ago

April 8, 2021

हेल्प नेपाल च्याम्पियन

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको पुरुषतर्फको च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको फाइनलमा हेल्प नेपालले विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । एकपक्षीय बनेको खेलमा तीन भारतीय खेलाडी सम्मिलित हेल्प नेपालले पहिलो सेट २५–१४ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा २५–२० को सहज जित निकालेको हेल्प नेपालले तेस्रो सेटमा २५–२२ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । उपाधिसँगै हेल्प नेपालले ३ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको एपिएफले १ लाख ७५ हजार, तेस्रो भएको बुलबुले रारा भलिबल क्लबले ७५ हजार तथा चौथो भएको नेपाल पुलिस क्लबले ३७ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ ।

महिलातर्फ उपाधिका लागि होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदैछ । १९ चैतबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.