default_image

4 years ago

April 3, 2021

टाईगरले जिते राष्ट्रिय रिङ रेस्लिङ उपाधि

99 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नुवाकोटे टाईगरले दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । उनले डेविडलाई लक लगाउदै उपाधिको रक्षा गरेका हुन् ।

पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाईगरमाथी धेरै पटक शसक्त प्रहार गरेका थिए । डेविडले टाईगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारि सकेका थिए । अझ उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथी चढेर हाईजम्ब मार्फत टाईगरमाथी जाईलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसके पछि घुडा सिधै रिङमा बज्रिदा घाईते भए ।

डेविड उठ्नै नसक्ने गरि बजारिएको मौकालाई सदुपयोग गर्दै टाईगरले डेविड माथी आफ्नो लक लगाए पछि रेफ्रीको तीन काउन्टसँगै च्याम्पियनको उपाधि जितेका थिए । उपाधिका साथ टाईगरले एक लाख रुपैयाँ र च्याम्पियन बेल्ट पनि प्राप्त गरे । दोस्रो बनेका डेभिडले नगद ५० हजार रुपैया पाए । प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त भए ।

शुक्रवार रद्द भएको ठगु र द युगबीच च्यालेन्ज खेल पुनः भएको थियो । हिजोको भएको खेलमा ठगुका साथीले आएर रेफ्रिलाई पछारेपछि खेल रद्द भएको थियो । त्यसपछि द युगले ठगुलाई आजका लागि रिङबाटै च्यालेन्ज गरेका थिए । ठगु र द युगबीच प्रतिस्पर्धा एकदमै डरलाग्दो भएको थियो ।

दुवैले एकअर्का माथि रिङ भित्र र बाहिर रहेका वस्तुहरु प्रहार गरेका थिए । उनीहरुबीच भएको खेलमा टेबल, कुर्सी, फलामको चेन, सिढी लगायत त्यहाँ वरपर रहेका वस्तुहरु एक अर्का माथि प्रहार भएको थियो । निकै घमासान भएको खेलमा दुवै खेलाडी रगताम्य भएका थिए । तर अन्त्यमा आएर द युगले ठगुलाई उठनै नसक्ने गरी पछारेपछि जित निकाल्न सफल भए ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएका २ दिने रिङ रेस्लिङ प्रतियोगिताको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल,राखेप सदस्य सदस्य ,राजेश गुरुङ, अर्का हरि खड्का, गण्डकी प्रदेशका खेलकुद् सदस्य सचिव तेज गुरुङ,राखेप सदस्य आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.